१४ असार २०८३, आईतवार
,
Latest
चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले इराकमा सेनाको संख्या घटाउने



अ+ अ-

काठमाडौं । अमेरिकाले इराकमा पठाउँदै आएको अमेरिकी सेनाको संख्यामा कटौती गर्ने भएको छ । अमेरिका र इराक सरकारको बिहीबार जारी संयुक्त वक्तव्यमा सो कुराको जानकारी दिइएको हो ।

अमेरिकाले इराकमा (इस्लामिक स्टेट्स) आइएसको नियन्त्रणका साथै अन्य आतंकवादी क्रियाकलापहरुको नियन्त्रणका लागि भन्दै विगतदेखि सेना पठाउदै आएको छ । तर आगामी दिनमा ती सैनिक संख्यामा कटौती गर्ने अमेरिकाले जनाएको छ । अमेरिकाले आगामी महिनादेखि नै इराकमा खटाइने सेनाको संख्यामा कटौती गरिने जनाएको हो । 

बिहीबार अमेरिकी विदेश मन्त्रालयले वक्तव्य प्रकाशन गरेर सो कुराको जानकारी गराएका हुन् । त्यस वक्तव्यमा के कति मात्रामा संख्या घटाइने हो भन्ने विषयमा भने केही पनि बताइएको छैन ।