१२ श्रावण २०८३, मंगलवार
,
Latest
निर्वाचन प्रक्रियालाई ‘पेपरलेस’ बनाउँदै लैजाने प्रश्तावित आयुक्त डा सुब्बाको कार्ययोजना कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोठालो जाँदै बेपत्ता भएका पुरुषको भीरबाट खसेर मृत्यु



अ+ अ-

कालीकोट। गोठालो गएका एक पुरुषको शव भीरबाट खसेको अवस्थामा फेला परेको छ । खाँडाचक्र नगरपालिका–६ दाहा विरम्बाडाका ५६ वर्षीय नन्दबहादुर शाहीको बिहीबार दिउँसो शव भेटिएको हो ।

बुधबार बिहान बाख्रा चराउन सिम्लागाडतर्फ गएका शाही बेलुकासम्म घर नफर्किएपछि उनका आफन्तहरूले खोजी सुरु गरेका थिए । खोजतलासका क्रममा सिम्लागाड पुलमाथिको भीरबाट खसेर खोलामा परेका शाहीको शव फेला परेको हो ।

आफन्त रक्षा शाहीका अनुसार मृतकको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । शवलाई पोष्टमार्टमका लागि तयारी गरिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




भर्खरै