५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोठालो जाँदै बेपत्ता भएका पुरुषको भीरबाट खसेर मृत्यु



अ+ अ-

कालीकोट। गोठालो गएका एक पुरुषको शव भीरबाट खसेको अवस्थामा फेला परेको छ । खाँडाचक्र नगरपालिका–६ दाहा विरम्बाडाका ५६ वर्षीय नन्दबहादुर शाहीको बिहीबार दिउँसो शव भेटिएको हो ।

बुधबार बिहान बाख्रा चराउन सिम्लागाडतर्फ गएका शाही बेलुकासम्म घर नफर्किएपछि उनका आफन्तहरूले खोजी सुरु गरेका थिए । खोजतलासका क्रममा सिम्लागाड पुलमाथिको भीरबाट खसेर खोलामा परेका शाहीको शव फेला परेको हो ।

आफन्त रक्षा शाहीका अनुसार मृतकको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । शवलाई पोष्टमार्टमका लागि तयारी गरिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।