२६ आश्विन २०८१, शनिबार
,
Latest
कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक, ८ अर्ब ३९ करोड खर्च



अ+ अ-

काठमाडौं । सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च सार्वजनिक गरेको छ। सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको हो ।

१० अर्ब खर्च भएको चर्चा चलिरहे पनि तीनै तहबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ ।

जसमध्ये संघीय संचित कोषबाट श्रोत व्यवस्थापन गरिएको रकम ४ अर्व १० करोड ५५ लाख ६ हजार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, शहरी विकाश मन्त्रालय र शिक्षा मन्त्रालयलाई बजेट दिइएको उल्लेख छ। 

यस्तै औषधि, स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य गरी ५ अर्ब ६२ करोड ९२ लाख ४० हजार निकासा भएको सार्वजनिक गरिएको छ। सरकारले सातै प्रदेशबाट गरी १ अर्ब ३० करोड ४ लाख ९९ सय हजार खर्च भएको उल्लेख छ।

त्यसैगरी स्थानीय तहहरूले २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च गरेको विवरणमा बताइएको छ।

त्यसैगरी प्रदेश सरकारकातर्फबाट कोरोना कोषमा २ अर्ब २२ लाख ५३ हजार जम्मा भएको उल्लेख छ भने स्थानीय तहबाट ४ अर्ब ८३ करोड २७ लाख १५ हजार जम्मा भएको उल्लेख छ।