२६ आश्विन २०८१, शनिबार
,
Latest
दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको नक्साको चुच्चो कसका पालामा र किन हरायो खोज्नुपर्छ– उपेन्द्र यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको नक्साको चुच्चो कसका पालामा कहाँ हरायो र किन हरायो भन्ने कुराको खोजी गर्नुपर्छ भनेका छन् । उनले महाकाली सन्धी कसरी भयो पारित कसले गर्यो त्यस समयमा किन यो खोजी गरिएन भनेर प्रश्न गरे । 

संसदमा शनिबार सम्बोधन गर्दै उनले भने, हाम्रो पार्टीले अरु कुरामा विवाद होला तर देशभक्ति र राष्ट्रवादमा हामी बलिया छौँ । त्यसैले बहुमतले मात्र होइन हाम्रो पार्टीले यसलाई बहुमतले मात्र होइन कि सर्वसम्मतीले पास गर्ने निर्णय गरेका छौँ ।  

प्रमाणहरु संकलन गर्ने भन्दै हिजोमात्र सरकारले एक टिम गठन गरेकोमा उनले आपत्ति गरे । उनले भने आज आएर प्रमाण खोज्नलाई किन टिम बनाएको हो ? यो उल्टो बाटो हिँडेर कहाँ पुगिन्छ ? नौ जना राख्नुभयो अनि मधेशी एकजना पनि परेनन् किन ? के मधेशीले सीमा नै नदेखेका हुन् कि ? संविधान संशोधन हुन लागिसक्यो अनि प्रमाण खोज्न टिम बनाउने ? उनले प्रधानमन्त्रीलाई प्रश्न गरे । 

उनले मधेशीलाई राष्ट्रवादी नदेख्नु नेपाली शासकहरुको नश्लवादी चिन्तन बाहेक केही होइन भने ।