१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसले १५ नेतामाथि कारबाही गरेपछि शेखर समूह असन्तुष्ट, भोलि बैठक बस्दै



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसभित्र डेढ दर्जन नेतामाथिको अनुशासन कारबाहीपछि गुटीय असन्तुष्टि चुलिएको छ। पार्टी अनुशासन समितिले बहुमतको आधारमा कारबाही गरेपछि डा. शेखर कोइराला पक्षले निर्णयप्रति तीव्र असहमति जनाएको छ।

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगाना, सदस्य ईश्वरी न्यौपाने र ध्रुव वाग्लेले कारबाहीको निर्णय गरे पनि सदस्य सञ्जय गौतम र राजीव कोइरालाले फरक मत राखेका थिए। उनीहरूद्वारा निर्णय प्रक्रियामा विमति जनाइए पनि निर्णय बहुमतबाट पारित गरिएको हो।

शेखर कोइराला पक्षका एक नेताले भने, “हामीले स्पष्ट रूपमा असहमति जनाएका थियौं, तर संस्थापन पक्षले बहुमतको भरमा कारबाही अघि बढायो।”

पार्टीको निर्णयमा अधिकांश कारबाही शेखर समूहका नेतामाथि परेपछि कोइरालाले आफूनिकट नेताहरूको बैठक भोलि बिहानका लागि बोलाएका छन्।

२०७९ सालको स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध गतिविधिमा संलग्न भएको भन्दै तीन वर्षपछि पार्टीले अनुशासन कारबाही अघि सारेको हो।

कारबाहीमा परेकामध्ये तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, खोटाङ सभापति विष्णुकुमार राई, पर्साका अरविन्दकुमार गुप्ता लगायत केही नेताहरूलाई निष्कासन गरिएको छ भने अन्यलाई निलम्बन गरिएको छ। कारबाहीमा परेकामध्ये अधिकांश शेखर पक्षका नेता रहेको उल्लेखनीय छ।