२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान



अ+ अ-

बागमती। बागमती प्रदेश सरकारले मकवानपुरको बकैयाँ गाउँपालिका–४ छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालयलाई बस प्रदान गरेको छ ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले रु २५ लाख मूल्य बराबरको बस हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक देवकी सिग्देलले जानकारी दिनुभयो ।

दुर्गम गाउँमा बस्ने विद्यार्थीलाई दुई घण्टासम्म हिँडेर विद्यालय आउनुपर्ने बाध्यता रहेकाले विद्यालयको आग्रहमा प्रदेश सरकारले उक्त बस खरिद गरेर हस्तान्तरण गरेको प्रअ सिग्देलले बताउनुभयो ।

प्रदेश सरकारबाट हस्तान्तरण भएको बस विद्यालयबाट हर्दा, सुकौरा हुँदै मोक्तानसरासम्म पुग्ने प्रअ सिग्देलले जानकारी दिनुभयो । त्यस क्षेत्रबाट करिब २०० बढी विद्यार्थीहरु आउने गरेको विद्यालयले जनाएको छ ।  रासस