४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि अस्पतालका नियमित सेवा सञ्चालन



अ+ अ-

काठमाडौँ। आजदेखि अस्पतालका नियमित सेवा सञ्चालन भएका छन् ।

नेपाल चिकित्सक सङ्घले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि आजदेखि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, निजामति कर्मचारी अस्पताललगायत देशभरका अस्पतालले नियमित सेवा सञ्चालन गरेका हुन् ।

वीर अस्पतालका निर्देशक प्राडा दीलिप शर्माले आजदेखि बहिरङ्ग विभागको साथै सबै सेवा सुचारु गरिएको बताउनुभयो । “सरकार र चिकित्सकबीच सहमति भएपछि आजदेखि हामीले नियमित सबै सेवा सुरु गरेका छौँ,” उहाँले भन्नुभयो ।

चिकित्सकका कारण सोमबार र मङ्गलबार आकस्मिक सेवा बाहेकका सबै सेवा अस्पतालमा बन्द गरिएको थियो । सेवा ठप्प भएपछि बिरामीले उपचार गर्न पाएका थिएनन् ।

उपभोक्ता अदालतले उपचारमा चिकित्सकले लापरवाही गरेको भन्दै क्षतिपूर्ति भराउने निर्णय गरेपछि चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सक आन्दोलनमा उत्रिएका थिए ।