२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसामा उच्चस्तरीय आयोग गठन नभएसम्म संसद बहिस्कार गर्ने राप्रपाको अडान कायमै



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिसा नेपालीले भिजिट भिसा दुरुपयोग प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन आयोग गठन नभएसम्म संसद बहिस्कार गर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताउनुभएको हो । उहाँले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टी निरन्तर आन्दोलन भएपनि सरकारले नसुनेझै गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘भिजिट भिसा प्रकरणको  छानविनका लागि उच्चस्तरीय छानविन समितिको माग गरेर राप्रपाले लामो समयदेखि सरकारसँग जोडगार माग गरेको छ । तर सरकारले सुनेपनि नसुनेजस्तै गरेको सभामुख महोदय । जबसम्म छानविन समिति बन्दै तबसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बहिस्कार गर्दछ ।’

सांसद नेपालीले बाढी–पहिरो पीडितहरुको उद्धार तथा राहतमा ध्यान दिन समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।