काठमाडौं । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ६ महिलासहित १ सय ७ जनामा कोरोना भाइसर संक्रमण देखिएको छ । नयाँ थपिएका संक्रमितमा महोत्तरीमा १ जना, सर्लाहीमा ११ जना, रौतहटमा ९० जना र पर्सामा ५ जना रहेका छन् ।
प्रदेश २ मा संक्रमितको संख्या १ हजार ९ सय १३ पुगेको छ । ३१ हजार ३ सय १ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएकोमा १४ हजार ५ सय ५८ जनाको नजिता आउन बाँकी छ ।