३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा रिहा गर्ने आदेश



अ+ अ-

काठमाडौं। नेपाल टेलिकममा विलिङ्ग सिस्टम अपग्रेड परियोजनामा भएको भ्रष्टाचार प्रकरणमा निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडीलाई विशेष अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने फैसला सुनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेपछि मंगलबार अदालतमा बयान दिएकी पहाडीको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो।

यो मुद्दाले टेलिकमको आन्तरिक व्यवस्थापनमा व्याप्त अनियमितता र प्रविधि सुधारका नाममा भएको भ्रष्टाचारलाई सार्वजनिक बनाएको छ। उच्च तहका कर्मचारीहरूसमेत यस प्रकरणमा संलग्न रहेको उजुरीमा उल्लेख छ।

अदालतले पहाडीलाई धरौटीमा रिहा गरेको भए पनि उनीमाथि जारी छानबिन र बाँकी अभियुक्तहरूमाथि कारबाही प्रक्रिया अझै जारी छ।

यस घटनाले नेपाल टेलिकमको व्यवस्थापनमा व्यापक सुधार र पारदर्शिता आवश्यक रहेको प्रश्नलाई बलियो बनाएको छ। सरकारी निकायहरूमा भएका यस्ता प्रकरणले सेवा तथा जनविश्वासमा असर पुर्‍याउने भएकाले कारबाही प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन आग्रह गरिएको छ।