२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको अभिव्यक्तिमा डा. लोहनीको आपत्ति, ऐनामा आफ्नो अनुहार हेर्न सुझाव



अ+ अ-

पूर्ब प्रधानमन्त्री एवं नेकपा अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले छाडेको फिर्ता गरेको गणतन्त्रले फिर्ता गरेको भनि दिएको अभिव्यक्ति प्रति राप्रपाका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आपत्ति जनाउनु भएको छ । 

अध्यक्ष लोहनीले समाजिक सञ्जाल फेसबुकमा आफनो दृष्टिकोण सार्वजनिक गर्दै  लेख्नुभएको छ, भूपु  प्रधानमन्त्री प्रचण्डजीले राजसंस्थालाई फेरि गाली गर्नु भएछ।  सबैले बुझेका छन् यो अझ पनि आफू क्रान्तिकारी हुँ भनेर देखाउने र आफ्ना कमजोरी र सिद्धान्तबिनाको राजनीति लुकाउने उहाँको बाध्यता हो। तर एक पटक यथार्थ हेरौं ।

(१) नेपालको एकीकरण र एकताको जग बसाल्ने संस्था राजसंस्था हो। यो राजसंस्थाको प्रयास  सफल  नभएको भए माननीय प्रचण्डजीले नेपाली पहिचान पाउनु हुने थिएन ।
(२) नेपालको क्याबिनेटमा २००७ सालपछि विदेशी राजदूत बस्ने परम्परा हटाएर चीनसंग बाटो खोल्ने साहस  राजसंस्थाले गरेको हो ।

(३) नेपालमा २००७ साल पछि प्रजातन्त्रको आडमा नेपालको उत्तरी सिमानामा खडा गरिएका सबै बिदेशी चेकपोस्ट हटाउने साहस राजसंस्थाले गरेको हो ।

(४) परराष्ट्र नीतिमा लम्पसारबादको नीतिलाई निरन्तर अस्वीकार गरेर तथा नेपाली जनतालाई विश्वास गरेर संबैधानिक भएर बस्ने अठोट राजसंस्थाले गरेको हो ।

(५) जनताको भावना बुझेर खुशी साथ पत्रकार सम्मेलन गरेर राजा ज्ञानेन्द्र नागार्जुन जंगल गए । विश्वको इतिहासमा राजाले यसरी राष्ट्रलाई कुनै क्षति नपुर्याइ शान्तिपूर्वक सत्ता हस्तान्तरण गरेको उदाहरण कहाँ छ ? र आज पनि पूर्वराजा नेपालको राष्ट्रियता र हक हित बारे अवाज उठाएर रहेका छन।

(६) यी माथिका सबै यथार्थता माननीय प्रचण्डजीले बिर्सनु भएछ । विदेशी भूमिमा विदेशी शासकहरुलाई  बिन्तीपत्र राखेर उनीहरुको संरक्षण र हरेक किसिमको समर्थनमा टेकेर हजारौं मानिसलाई 'मुक्ति' को सपना बेचेर राजनीति गर्नु भएका माननीय प्रचण्डजी ले आज राजसंस्थालाई गाली गर्नु भनेको आफू सिद्धान्तभ्रष्ट भएको वास्तविकतालाई लुकाउने प्रयास मात्र हो।  मेरो भूपु प्रधानमन्त्री प्रचण्डलाई नम्र सल्लाह छः एक पटक ऐनामा आफ्नो अनुहार हेर्नुस् र अनि मात्र अरूलाई गाली गर्नुस् । तपाई पैले के भन्नु हुन्थ्यो र आज के हुनु भएको छ ?  विचार गर्नुस र अनि मात्र अरुलाई आलोचना गर्नुस ।