१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

कांग्रेस नेता तथा पूर्वमन्त्री अच्युतराज रेग्मीको निधन

कांग्रेस नेता तथा पूर्वमन्त्री अच्युतराज रेग्मीको निधन
अ अ+ अ-

पाल्पा। पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन भएको छ । नेपालको पहिलो संसद्मा पाल्पाबाट निर्वाचित हुनुभएका पुराना राजनीतिज्ञ रेग्मीको अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो ।

पाल्पाको तानसेन नगरपालिका–२ मेहलधारामा जन्मिएका रेग्मी एक वरिष्ठ राजनीतिज्ञ र आध्यात्मिक व्यक्तित्व समेत हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय अस्वस्थ हुनुहुन्थ्यो । काठमाडौँ मध्यबानेश्वरमा बस्दै आए पनि केही समय अघि अष्ट्रेलिया जानुभएका रेग्मीको उतै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

विसं २०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालको पाल्पा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका उहाँ अत्याधिक मतका साथ विजयी हुनुभएको थियो । रेग्मी २०३४ सालमा पञ्चायती व्यवस्थाको समर्थक भएर मन्त्री समेत हुनुभएको थियो ।

पाल्पाका शिक्षाविद् डा रामप्रसाद ज्ञवालीका अनुसार रेग्मीको निधनले देशले एक असल राजनीतिज्ञ गुमाएको बताउनुभयो । उहाँले भन्नुभयो, “रेग्मी मेरो फुपुको छोरा हुनुहुन्छ, आमाको निधनपछि मेरै घरमा बसेर २०१५ मा संसदीय चुनाव लड्नुभयो र विजयी पनि हुनुभयो । पछि उहाँ पञ्चायतमा गएर २०३३÷०३४ मा मन्त्री पनि बन्नुभयो ।”

रेग्मी कांग्रेसको सह–महामन्त्री समेत बन्नुभएको थियो । मन्त्री बनेपछि उहाँ विस्तार राजनीतिबाट निष्क्रिय हुँदै आध्यात्मिकतर्फ लागेको डा ज्ञवाली बताउनुहुन्छ । उहाँको श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ ।

कांग्रेस पाल्पाले कांग्रेसका पूर्वसह–महामन्त्रीसमेत रहनुभएका रेग्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले मङ्गलबार शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ  ।

स्व रेग्मीले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको योगदान पार्टीमा सदा स्मरणीय रहिरहने पार्टीले जनाएको छ ।

“नेपालको प्रजातान्त्रिक आन्दोलनका जीवित साक्षीको अवसान अवश्य पनि अपूरणीय क्षति हो । दुःखको यस घडीमा स्व रेग्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ”, शोक विज्ञप्तिमा भनिएको छ ।