२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा क्‍वारेन्टाइनमा रहेका पुरुषको मृत्यु



अ+ अ-

सुर्खेतको गुर्भाकोट नगरपालिकाको क्‍वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु भएको छ । गुर्भाकोट–७ स्थित प्राथमिक विद्यालय श्रीवानीमा बसेका गुर्भाकोट–८ का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हाे ।

बिहान एक्कासी छाती दुखेको भनी खबर गरेपछि स्वास्थ्यकर्मीको टोली पुगेर जाँच गरी औषधी दिएर फर्किएको करिब डेढ घन्टापछि मृत्यु भएको नगरपालिकाका सूचना अधिकारी महेशकुमार पुरीले जानकारी दिए । ‘नगरप्रमुख लगायतको टोली त्यहाँ पुग्दा मृत्यु भइसकेको थियो ।’

सूचना अधिकारी पुरीका अनुसार उनको स्वाब संकलन गरी प्रदेश अस्पतालस्थित प्रयोगशालामा पठाइएको छ । ती पुरुषको पीसीआर परीक्षणको रिपोर्ट सोमबार रातिसम्ममा आउने उनले बताए ।

भारतबाट आएर जेठ २० गतेदेखि क्‍वारेन्टाइनमा बसेका ती पुरुष पहिलेदेखि नै क्षयरोगबाट ग्रसित थिए । भारतमा काम गर्ने क्रममा घाइते समेत भएका उनको टाउकोमा १६ वटा टाँका लगाएको सूचना अधिकारी पुरीले जनाए ।