१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झण्डै एक महिनापछि न्युजिल्याण्डमा पुनः देखियो कोरोना सङ्क्रमण



अ+ अ-

काठमाण्डौ । झण्डै एक महिनापछि न्युजिल्याण्डमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार २४ दिनपछि पहिलो पटक दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित पुष्टि भएका दुई जना भर्खरै बेलायतबाट फर्किएको बताइएको छ । ती दुई व्यक्तिलाई एक मृत व्यक्तिको अन्तिम संस्कारमा बाहिरबाट आएका थिए ।  

न्युजिल्याण्डले गएको हप्तामात्रै देश कोरोना भाइरसमुक्त भएको घोषणा गर्दै सबै प्रतिबन्ध हटाएको थियो । 

तर विदेशबाट न्युजिल्याण्डमा अन्तर्राष्ट्रिय यात्रामा अझै पनि प्रतिबन्ध लगाइएको छ र केवल त्यहीँका नागरिक र अत्यावश्यक कर्मचारीलाई देश फर्कने अनुमति छ । 

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेर्नले देश कोरोना भाइरसमुक्त घोषणा गर्नु निकै ठूलो कुरा भएको र साथसाथै अझै सचेत हुनुपर्ने बताएकी थिइन् । उनले यो अवस्था लगातारको प्रयासबाट नै सम्भव भएको बताएकी थिइन् । 

कोरोना महामारी नियन्त्रण गर्न सम्बन्धमा न्युजिल्याण्डको प्रयासको चौतर्फी सराहना भइरहेको छ, न्युजिल्याण्डले महामारीको सुरुवातमा नै आफ्नो सीमा बन्द गर्दै देशव्यापी लकडाउन लागू गरेको थियो ।