१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाबाट हुने पहिलो उडान एकहप्ता पछि सर्यो



अ+ अ-

काठमाण्डौ । सरकारले अस्ट्रेलियाबाट नेपालीलाई स्वदेश फिर्ता ल्याउने भनेको पहिलो उडान तालिका एक हप्ता पछि सरेको छ ।

बुधबार नेपाल एअरलाइन्सले अस्ट्रेलियामा समस्यामा परेका नेपाली ल्याउन उडान भर्ने भनिए पनि प्राविधिक कारणले समयमै उडान सम्भव नहुँदा पछि सारिएको त्यहाँ रहेका नेपाली दूतावासले जनाएको छ । दूतावासले अब आउँदो जनु २३ तारिखमा अस्ट्रेलियाको सिड्नीबाट पहिलो चार्टर्ड उडान हुनेछ ।

यस्तै नेपाल एअरलाइन्सकै दोस्रो उडान जुन २६ तारिखमा मेलबर्नबाट हुनेछ । जुन २ तारिखसम्म दूतावासमा फारम भरेका नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश पठाउने दूतावासको तयारी छ । पहिलो सूचीमा परेकालाई इमेलमार्फत जानकारी गराइएको दूतावासले जनाएको छ ।