१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

केसीसीको म्यानेजमेन्ट स्कलर म्यागेजिन सार्वजनिक

केसीसीको म्यानेजमेन्ट स्कलर म्यागेजिन सार्वजनिक
अ अ+ अ-

काठमाडौं। पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बद्ध कान्तिपुर सिटी कलेज (केसीसी) ले बीबीए संकायका विद्यार्थीहरूले तयार पारेको म्यानेजमेन्ट स्कोलर्स म्यागेजिन को १० औं संस्करण शनिवार केसीसी कलेज हलमा औपचारिक रूपमा विमोचन गरेको छ ।

विमोचन कार्यक्रममा प्रमुख अतिथि पूर्व एफएनसीसीआई अध्यक्ष भवानी राणा, प्रो. रामा कृष्ण रेग्मी, प्रो. डा. महेन्द्र सिंह, म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका महासचिव इन्द्र कुमार श्रेष्ठ, केसीसीका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्की र प्रिन्सिपल राजु कट्टेलद्घारा संयुक्त रूपमा म्यागेजिन विमोचन गरिएको थियो ।

प्रमुख अतिथि पूर्व एफएनसीसीआई अध्यक्ष भवानी राणाले विद्यार्थीहरूले तयार पारेको म्यागेजिनले भोलीको दिनमा नेतृत्व विकाशमा सहयोग पुग्ने बताए । त्यसैगरी प्रो. डा. महेन्द्र सिंहले म्यागेजिनले विद्यार्थीलाई रचनात्मक बनाएको र यसको विषयबस्तुले ज्ञानको दायरा फराकिले बनाउने बताए ।

म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका महासचिव इन्द्र कुमार श्रेष्ठ तथा केसीसीका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्कीले म्यागेजिन निरन्तरताको शुभकामना दिदै म्यागेजिनले विद्यार्थीहरुमाझ नयाँ शिपको विकाश भएको बताए ।

कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूले कक्षा भित्र सिकेका कुराहरू व्यवहारमा कसरी लागू गर्ने भन्ने कुरामा म्यागेजिनले सहयोग पु¥याएको बताए । प्रो. रेग्मीले म्यागेजिनले विद्यार्थीहरूको करियर निर्माणमा सहयोग गर्ने, तर कृत्रिम बुद्धिमत्ता (एआई) मा पूर्ण रूपमा निर्भर नहुन सुझाएका थिए ।

उनले भने, एआईले मानवीय सीपहरू कमजोर पार्न सक्छ, त्यसैले बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्र्नेे बताए । प्रकाशित म्यागेजिनको विषयवस्तुले “पर्यटन र एआई” लाई विषेश जोड दिएको छ ।

शिक्षा क्षेत्रमा एआईको प्रयोग, व्यापार र रोजगारीका सीपहरू समेत समावेश गरिएको छ । अतिथिहरूले विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

केसीसीका प्रिन्सिपल कट्टेलले विद्यार्थीहरूको सफ्ट स्किल्स विकासमा कलेजले सहयोग गरिरहेको र म्यागेजिन प्रकाशनलाई निरन्तरता दिई राख्न अनुरोध गरे ।

सन् २००५ देखि केसीसीले बीबीए कार्यक्रम संचालन गर्दै आएको छ र यो बीबीए अध्ययनमा एक अग्रणी संस्था मानिन्छ । विमोचन कार्यक्रममा विद्यार्थी, शिक्षक, प्राध्यापक र पत्रकारहरूको समेत उपस्थिती थियो ।