२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटका बेला सरकार भ्रष्टाचारमा लिप्त हुनु विडम्बना : प्रवक्ता शर्मा



फाइल फोटो
अ+ अ-

भद्रपुर । नेपाली काँग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संकटका बेला देश र जनताको सेवक बन्नु पर्ने सरकारका जिम्मेवार मन्त्रीहरू भ्रष्टाचार र अनियमिततामा लागेकाले काँग्रेसले राष्ट्रव्यापी विरोधमा उत्रनु परेको बताएका छन् ।

संकटको सामना गर्न सरकारलाई काँग्रेसले शालीनता पूर्वक गरेको सहयोगलाई दुरूपयोग गर्दै सरकारी निकाय भ्रष्टाचार र लुटतन्त्र मच्चाउन व्यस्त भएपछि काँग्रेस देशव्यापी विरोधमा ओर्लनु परेको भन्दै प्रवक्ता शर्माले सपना बाँडेर रोग र भोकबाट बाँच नसकिने बताएका हुन् । संकटमा परेका बेला जनतामारा भ्रष्टाचारजन्य गतिविधिमा लाग्नु बिडम्बना भएको भन्दै प्रवक्ता शर्माले यस्ता दुस्साहस रोक्न सरकारलाई चेतावनी समेत दिए ।

झापा सदरमुकाम चन्द्रगढीमा पार्टीको कामको शिलशीलामा आइपुगेका शर्माले सञ्चारकर्मीसित संक्षिप्त कुराकानी गर्दै भ्यू टावर निर्माण गर्न करोडौं पठाउने प्रधानमन्त्रीले गृह जिल्लामा बढ्दो कोरोना नियन्त्रणका लागि एक पैसा पनि नपठाउनु विडम्बना भएको प्रष्ट पारेका छन् ।

शर्माले राष्ट्रियता सम्द्र्धन र नेपालीको समृद्धिका लागि काँग्रेसले सरकारलाई अग्रमोर्चामा रहेर सहयोग गरेको स्मरण गर्दै सडकमा नेपाली युवाहरूले उठाएका माग सम्बोधन गर्न सरकार हच्कनुले देश र जनताको उन्नतिमा सरकारका जिम्मेवार व्यक्ति बाधक भएको प्रष्टिएको जनाए । उनले समृद्ध नेपाल सुखी नेपाली निर्माणमा बाधक रहेको भ्रष्टाचार, दुराचार र अन्यायको बिरूद्धमा सडकमा उत्रिएका युवाहरूको आन्दोलनको पक्षमा काँग्रेस अडिग भएर रहने उल्लेख गरेका छन् ।