२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप ३ सय ८० जना नयाँ संक्रमित थपिए, संक्रमण जित्नेको संख्या ११ सय नाघ्यो



अ+ अ-

काठमाडौं  मंगलबारसम्म नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या साढे ६ हजार नाघेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ सय ८० जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार झापामा भएको परीक्षणमा २ जना, धरानमा भएको परीक्षणमा ४ जना, जनकपुरमा भएको परीक्षणमा ५५ जना, विरगञ्जमा भएको परीक्षणमा २ जना, पोखरामा भएको परीक्षणमा २१ जना र कैलालीमा भएको परीक्षणमा ७६ जनामा पोजेटिभ देखिएको छ । यस्तै बाँकेमा भएको परीक्षणमा १० जना, राजविराजमा भएको परीक्षणमा ३ जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा १, रुपन्देहीमा भएको परीक्षणमा ४ जना, सुर्खेतमा ९ जना, धुलिखेल अस्पतालमा भएको परीक्षणमा २२ जना, दाङमा भएको परीक्षणमा ५७ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा १ सय १४ जनामा पोजेटिभ देखिएको छ ।

मंगलबार १ सय १७ गरी आजसम्म १ हजार १ सय ५८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

आजसम्म पीसीआर विधिबाट १ लाख ४३ हजार ७ सय ३८ जनाको कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख २३ हजार ५ सय १९ र पछिल्लो २४ घण्टामा ४ हजार १ सय ८३ जनाको आरडिटी परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ५ सय ३१ जना रहेका छन् । क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेका छन् ।