२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु



अ+ अ-

नेपालगन्ज । बाँकेमा कोरोना भाइरस ९कोभिड १९० बाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । 

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर निधन भएकी ती महिलाको मंगलबार ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको हो । 
उनी ३० जेठमा अस्पतालमा भर्ना भएकी थिइन् । यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।