१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्तीलाई सुहाउँदो कानून बनाउनुपर्छः सांसद साह



अ+ अ-

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले धर्तीलाई सुहाउँदो कानून बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा बोल्दै उहाँले ानून बनाउँदा उड्ने नभइ धर्तीलाई सुहाउने किसिमको बनाउनुपर्ने बताउनु भयो । उहाँले संविधानमा ३१ वटा मौलिक हक राखिएको तर कार्यान्वयन एउटा पनि हुन नसकेको आरोप लगाउनु भयो । व्यवहारिक रुपमा सोचेर कानून निर्माण गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष साहले भन्नुभयो, ‘हाम्रो संविधानमा ३१ वटा मौलिक हक छ । दुनियाँमा नभएको मौलिक हक छ तर कार्यान्वयन एउटा पनि भएको छैन । त्यो कुराको हेक्का राख्नुपर्छ । हामीले कानून बनाउँदा उड्ने होइन की धर्तीलाई सुहाउँदो हुनुपर्छ । वस्तुवादी हुनुपर्छ । सबैलाई स्वीकार्य हुनुपर्छ । सबैले यसलाई एसेप्ट गर्नुपर्दछ । हामीले व्यवहारिक रुपमा सोच्नुपर्छ ।’

अध्यक्ष साहले समितिको बैठक कार्यतालिका बनाएर चलाउनुपर्ने माग गर्नुभयो ।