२३ भाद्र २०८३, मंगलवार
,
Latest
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्तीलाई सुहाउँदो कानून बनाउनुपर्छः सांसद साह



अ+ अ-

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले धर्तीलाई सुहाउँदो कानून बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा बोल्दै उहाँले ानून बनाउँदा उड्ने नभइ धर्तीलाई सुहाउने किसिमको बनाउनुपर्ने बताउनु भयो । उहाँले संविधानमा ३१ वटा मौलिक हक राखिएको तर कार्यान्वयन एउटा पनि हुन नसकेको आरोप लगाउनु भयो । व्यवहारिक रुपमा सोचेर कानून निर्माण गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष साहले भन्नुभयो, ‘हाम्रो संविधानमा ३१ वटा मौलिक हक छ । दुनियाँमा नभएको मौलिक हक छ तर कार्यान्वयन एउटा पनि भएको छैन । त्यो कुराको हेक्का राख्नुपर्छ । हामीले कानून बनाउँदा उड्ने होइन की धर्तीलाई सुहाउँदो हुनुपर्छ । वस्तुवादी हुनुपर्छ । सबैलाई स्वीकार्य हुनुपर्छ । सबैले यसलाई एसेप्ट गर्नुपर्दछ । हामीले व्यवहारिक रुपमा सोच्नुपर्छ ।’

अध्यक्ष साहले समितिको बैठक कार्यतालिका बनाएर चलाउनुपर्ने माग गर्नुभयो ।