२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार चौकीदार पक्राउ



अ+ अ-

लमजुङ  । बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारबाट बुधबार फरार भएका चौकीदार लोकबहादुर भनिने २७ वर्षीय दिनेश परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आज बिहान बेँसीशहर–२ स्थित मस्र्याङ्दी नदी किनारमा लुकेर बसेको अवस्थामा परियारलाई फेला पारी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो । 

उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको उहाँको भनाइ छ । परियार राइनास नगरपालिका–१० कोकेगाउँ घर भई विसं २०६९ पुस २२ गतेदेखि हालसम्म कर्तव्य ज्यान मुद्दामा कारागार सजाय भोग्दै आएका छन् । लमजुङ जिल्ला अदालतले परियारलाई २० वर्षको सजाय तोकेको थियो ।
 
लमजुङको एक मात्र जिल्ला कारागारमा २५ जनाको क्षमता रहे पनि हाल ७३ कैदीबन्दी छन् । तीमध्ये ६६ पुरुष र सात महिला छन् ।