काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएकोआरोपलाई फोहोरको संज्ञा दिनुभएको छ ।
आज (बुधबार) पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता मोहन बस्नेतले पार्टी महामन्त्री गगनकुमार थापाले गर्दा आफूमाथि अख्तियार लागेको आरोप लगाउनु भएको थियो । नेता बस्नेतले महामन्त्री थापा आफूविरुद्ध खुलेरै लागेको आरोप लगाउनु भएको थियो ।
केन्द्रीय समितिको बैठकमा बस्नेतले भन्नुभयो ‘गगन थापा टेरामक्स प्रकरणमा म विरुद्ध खुलेरै लाग्नुभयो। बाहिर पनि लाग्नुभयो, संसद्मै पनि लाग्नुभयो।’
बस्नेताको आरोप बारे महामन्त्री थापाले भन्नुभयो फोहोर चलाएर म फोहोरी बन्न चाहन्न। थापाले आरोपलाई ‘राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने’ भन्दै जवाफ फर्काउनु भएको छ ।
थापाले भन्नुभयो ‘बाले भन्नुहुन्थ्यो–कसैले आरोप लगाए जवाफ दिइहाल्नुपर्छ। आमाले भन्नुहुन्थ्यो-फोहोर नचलाउनु, फोहोर चलाए आफैँ फोहोरी भइन्छ,आज म आमाको कुरा सुन्छु।’
यो पनि पढ्नुहोस- महामन्त्री गगनविरुद्ध मोहन बस्नेतको आक्रोश, आफूविरुद्ध थापा खुलेर लागेको आरोप
थापाले आफ्नो अनुपस्थिति रहेका बेला बैठकमा धम्कीपूर्णर अभद्र व्यवहार देखाउने प्रवृत्ति देखाएको भन्दै आलोचना गर्नुभयो । उहाँले भन्नुभयो ‘म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे। त्यो नैतिक पतन हो।’










