२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

“खरिपाटी क्वारेन्टिन व्यवस्थापनमा अनियमितता भएकाे छैन” नेपाली सेना



अ+ अ-

काठमाडाैंः  काेविड-१९ काे महामारीकै बीच चीनबाट उद्धार गरी ल्याइएका १७५ जना नेपाली विद्यार्थीलाइ भक्तपुरकाे खरिपाटी क्वारेन्टिनमा राख्दा सामग्री खरिद र व्यवस्थापनमा अनियमितता नभएकाे नेपाली सेनाले स्पष्ट गरेकाे छ । नेपाली सेनाकाे व्यवस्थापनमा ती विद्यार्थीलाइ खरिपाटीमा गत फागुन ४ देखि २० गतेसम्म (१७ दिन) राखिएकाे थियाे ।

सेनाले अनियमितता भयाे भन्ने समाचार गलत र भ्रामक रहेकाे भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण समेत भएकाे जनाएकाे छ । सेनाले उक्त क्वारेन्टिनकाे व्यवस्थापनका सन्दर्भमा भएकाे खर्चकाे विवरण समेत सार्वजनिक गरेकाे छ ।  

सेनाद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, भक्तपुर खरिपाटीस्थित क्वारेन्टिन व्यवस्थापनको अवधिमा स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै संवेदनशिल र राष्ट्रिय प्रतिष्ठासँग गासिएको कार्यलाई सफलतापूर्वक, सम्पन्न गर्न आवश्यक पूर्व तयारी गरि प्रभावकारी एवम् पारदर्शी रुपमा सम्पन्न गरिएको थियो । उक्त क्वारेन्टिन व्यवस्थापनको लागि कुल विनियोजित रकम एक करोड २९  लाखमध्ये खानातर्फ करिब रु.५५ लाख र औषधी तथा औषधीजन्य सामग्रीहरुतर्फ रु.७३ लाख ९८ हजार  विनियोजन भएको थियो ।

औषधी खरीदमा तीन लाख ३३ हजार, औषधीजन्य सामग्री खरिदमा रु.६३ लाख ३७ हजार खर्च भएकाे तथा बाँकी रु.७ लाख २८ हजार कोष तथा लेखा नियन्त्रण कार्यालय, सुन्धारा काठमाडौंमा मौज्दात रहेको सेनाले जनाएकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ, रु.६३ लाख ३७ हजारबाट खरीद गरिएको औषधी र औषधीजन्य सामग्रीहरु मुख्यतया स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, फोहोर व्यवस्थापन तथा अन्य हवाई यात्रामा आते/जाते कार्यमा खट्टिएका व्यक्तिहरु, क्वारेन्टिनमा नियमित कार्यमा प्रयोग गरिने पिपिइ, थर्माेमिटर, मास्क र पञ्जाहरु, स्यानिटाइजरहरू सहित सफाईका सामग्री र फगर मेसिन खरीद गरिएको  थियो । उक्त स्वास्थ्य सामग्रीमध्ये प्रयोग पछाडि डिस्पोज गरिने र कन्जुमेवलबाहेक रु.२३ लाख ३० हजार बराबरको औषधीजन्य सामग्री पुनः प्रयोगमा ल्याउने गरि स्टोर दाखिला भएको जानकारी  गराइन्छ ।

विज्ञप्तिमा अगाडि भनिएकाे छ, उक्त अवधिभर क्वारेन्टिनमा रहने १७५ जना स्वदेश फर्किएका नेपाली विद्यार्थीहरु, नेपाल वायुसेवा निगमका १८ जना, चिकित्सक समूह, सफाईकर्मी तथा एम्बुलेन्स टोली सहित गरि जम्मा नौ गरि जम्मा २०२ जनालाई स्तरिय प्याकिङ्ग सहितको स्वस्थकर खाना खुवाउनको लागि चार प्रकारका मेनु (शाकाहारी र तीन प्रकारका मांसाहारी) अनुसार दिनको चार छाक (ब्रेकफाष्ट, लञ्ज, टिफिन र डिनर) को व्यवस्था गरिएको थियो ।

कोभिडको त्रासका कारण अन्य केटरिङ्ग अनिच्छुक भएको अवस्थामा दैनिक खानाको लागि कार्की केटरिङ्गसँग प्रति व्यक्ति प्रति दिन भ्याट बाहेक रु.१ हजार ३५० मा सम्झौता भएको जनाउँदै सेनाले उक्त क्वारेन्टिनमा सुरक्षार्थ खट्टिएका तीस जना सुरक्षाकर्मीलाई खाजाको व्यवस्था तथा सोहि रकमभित्रबाट पानी, कफि र चियाको छुट्टै प्रबन्ध समेत गरिएको सेनाले जनाएकाे छ ।

सार्वजनिक खरिद ऐनमा व्यवस्था भए बमोजिम खरिद सम्बन्धी जानकारी मिति २०७७ जेष्ठ २० गते राष्ट्रिय दैनिक अखबारमा सूचना प्रकाशित गरिएको बताउँदै सेनाले  वास्तविकतालाई तोडमोड गरि तीन लाख ३३ हजार औषधी खरिद भएकोमा रु.७३ लाख ९८ हजार भनि दिग्भ्रमित पार्न खाेजिएकाे स्पष्ट गरेकाे छ ।