२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

छपन्न खेलाडी परिवारलाई आईओएफटीसीको राहत



अ+ अ-

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले काठमाडौं, ललितपुर र भक्तपुरका ५६ खेलाडी परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।

कोरानो भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका उपत्यकाका तेक्वान्दो खेलाडीका परिवारलाई प्रति परिवार २ हजार २ सयका दरले खाद्यान्न उपलब्ध गराइएको हेल्प डेस्क टिम नेपालका संयोजक रामचन्द्र ब्यञ्जनकारले जनाएका छन् ।

आईओएफटीसीले कोरोना भाइरसका कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राहत प्रदान गर्न हेल्प डेस्क टिम नेपाललाई ८ लाख रुपैयाँ पठाएको थियो । उपत्यकासहित सातै प्रदेशमा कोरोना भाइरसका कारण ज्यादै समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राहत प्रदान गर्न रकम पठाइएको हो । सातै प्रदेशमा पनि क्रमैसंग राहत वितरण गरिने संयोजक ब्यञ्जनकारले जानकारी दिए ।