१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

वैदेशिक रोजगारबाट फर्केर उद्यमी बनेका युवा पुरस्कृत

वैदेशिक रोजगारबाट फर्केर उद्यमी बनेका युवा पुरस्कृत
अ अ+ अ-

काठमाडौँ। सरकारले वैदेशिक रोजगारबाट प्राप्त ज्ञान, सीप र पुँजी प्रयोग गरी स्वदेशमा उद्यमशीलता गरिरहेका आठ युवालाई सम्मान गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शरतसिंह भण्डारीले सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी उहाँहरूलाई सम्मान प्रदान गर्नुभयो ।

त्यसअवसरमा कोशी प्रदेशका रविन पोखरेल र राजीव खड्का, मधेसका शङ्कर सिम्खडा, बागमतीका कुमार श्रेष्ठ, गण्डकीका वसन्तबहादुर खड्का, लुम्बिनीका शोभाखर पौडेल, कर्णालीका लक्ष्मीप्रसाद ढकाल र सुदूरपश्चिमका तर्कसिंह विष्टलाई सम्मान गरिएको हो ।

यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार झापाका पोखरेलले प्राप्त गर्नुभएको छ । सो पुरस्कारको राशि रु एक लाख ५० हजार रहेको छ ।  उहाँले दकममा श्री भूमिका सीपमूलक तालिम केन्द्र सञ्चालनमा ल्याई धेरै जनालाई रोजगारी दिनुभएको त्यस अवसरमा जानकारी दिइयो ।

अन्य उद्यमीले जनही रु ७५ हजार पुरस्कार प्राप्त गर्नुभएको छ । स्वदेश फर्की वैदेशिक रोजगारीबाट आर्जित ज्ञान, सीप, अनुभव र पुँजीलाई उद्यमशीलता र रोजगारीको क्षेत्रमा अधिकाधिक उपयोग गर्दै समृद्ध राष्ट्र निर्माणमा योगदान पु¥याउन पुरस्कारले प्रेरणा मिल्ने मन्त्रालयले जनाएको छ ।

सम्मानित हुनेहरूले विदेशबाट फर्केर कृषि उद्यम, ट्रेनिङ सेन्टर, पशुपालन, क्याटरिङलगायत व्यवसाय गर्दै आएका मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेकाहरूलाई पुरस्कृत गर्न मन्त्रालयले गत पुस १६ गते आवेदनका लागि सार्वजनिक सूचना जारी गरेको थियो ।

पुरस्कार छनोटमा रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय स्रोतसाधन र प्रविधिको प्रयोग, उत्पादन निर्यात गरे नगरेको, सामाजिक दायित्व बहन गरे÷नगरेको, वातावरणमैत्री प्रविधिको प्रयोग तथा प्रदूषण व्यवस्थापन र उद्यम सञ्चालन गरेको र भौगोलिक क्षेत्रलगायत सात वटा मूल्याङ्कन सूचकलाई आधारका रूपमा लिइएको थियो ।

उक्त सूचनाअनुसार ५६ उद्यमीले आवेदन दिएका थिए । तीमध्ये उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको हो ।  त्यसअवसरमा मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट फर्केका युवाको श्रम, सीप र पुँजीलाई उद्यमशीलतासँग जोड्न सरकारले प्रयास गरिरहेको बताउनुभयो ।

मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले वैदेशिक रोजगारमा जाँदैमा बौद्धिक पलायन नहुने भन्दै विदेशको ज्ञान, सीप, पुँजी र प्रविधि स्वदेशमा भित्र्याउने उच्च अवसर हुने बताउनुभयो । रासस