१२ श्रावण २०८३, मंगलवार
,
Latest
सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’ पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको मस्यौदा तयार



अ+ अ-

काठमाडौँ। वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको मस्यौदा २०८२ तयार भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सरोकारवालाबीच मस्यौदामाथि थप छलफल गरेको छ ।

प्राधिकारणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले उक्त छलफलमा सरोकारवालाले दिएका सुझावलाई समावेश गरेर मस्यौदालाई अन्तिम रूप दिने बताउनुभयो ।

“वन डढेलोका कारण धनजनको क्षति बर्सेनि भइरहेको छ । तसर्थ बिमाको व्यवस्था हुनुपर्ने कुरालाई हामीले जोड दिएका छौँ,” उहाँले भन्नुभयो, “यसका लागि डढेलोको जोखिम व्यवस्थापनका लागि निजी क्षेत्र र स्थानीयसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने छौँ ।”

यसैगरी वनविद् विजयराज पौडेलले डढेलाले बर्सेनि मानवीय क्षति मात्रै नभएर आर्थिक क्षति पनि बढाउन थालेको भन्दै वन डढेलाको क्षतिको आर्थिक सर्वेक्षण गर्नुपर्ने सुझाव आएको बताउनुभयो ।

“वन डढेलो नियन्त्रणका लागि समुदायमा सचेतना बढाउन आवश्यक छ, यसका साथै पीडितको पुनःस्थापपना पनि जरुरी छ,” उहाँले भन्नुभयो, “रणनीति कार्यान्वयनका लागि पाँच वर्षमा करिब १२ अर्ब ८५ करोड लागत लाग्ने अनुमान छ ।” रासस




भर्खरै