९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

सङ्घीयता कार्यान्वयनसँगै वनको संरक्षण र व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएको छ : मन्त्री शाही

सङ्घीयता कार्यान्वयनसँगै वनको संरक्षण र व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएको छ : मन्त्री शाही
अ अ+ अ-

काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन संरक्षण, व्यवस्थापन तथा सदुपयोगसँग सम्बन्धित कार्यक्रमका लागि सर्शत अनुदानका रूपमा प्रदेश सरकारलाई बजेट उपलब्ध गराइएको बताउनुभएको छ ।

राष्ट्रियसभामा विनियोजन विधेयक २०८२ अन्तर्गत वन तथा वातावरण मन्त्रालयमाथि उठेको प्रश्नको जवाफ दिँदै उहाँले देशमा सङ्घीयता कार्यान्वयनसँगै वनको संरक्षण र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारमातहत रहन गएको स्पष्ट पार्नुभयो ।

मन्त्री शाहीले भन्नुभयो, “वनक्षेत्रका धेरै संरचना प्रदेश सरकार मातहत रहेको र ती संरचनाको चालु खर्च तथा पुँजीगत खर्च प्रदेश सरकारको बजेट अन्तर्गत नै रहने सन्दर्भमा सङ्घीय सरकारबाट सञ्चालन हुने कार्यक्रमका लागि मात्र रु १२ अर्ब तीन करोड ८८ लाख विनयोजन गरिएको छ ।”

सशर्त अनुदानमार्फत प्रदेश सरकारलाई रु तीन अर्ब ९० करोड ९२ लाख र स्थानीय तहलाई ४५ करोड ४८ लाख विनियोजन गरी पठाइएको पनि उहाँले जानकारी दिनुभयो ।

वन तथा वातावरण मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई दिगो वन व्यवस्थापनमार्फत काठको उत्पादन वृद्धि गरी काठ तथा काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने र आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरिएको मन्त्री शाहीको भनाइ थियो ।

उहाँले भन्नुभयो, “निजी सार्वजनिक तथा नदी उकास क्षेत्रमा वृक्षरोपण, भू–तथा जलाधार संरक्षण, वन वन्यजन्तु तथा जैविक विविधताको संरक्षण, जडीबुटीको संरक्षण तथा उपयोग, चुरे क्षेत्रको एकीकृत संरक्षण, जलवायु परिवर्तनको न्यूनीकरण तथा अनुकूलन र वातावरण संरक्षण कायम गर्दै वनक्षेत्रलाई आर्थिक तथा उत्पादनमूलक क्षेत्रका रूपमा विकास गर्नेगरी कार्यक्रम तथा बजेट प्रस्ताव गरिएको छ ।”

उहाँले वनमा भएका ढलेका, सुकेका, बुढा तथा परिपक्व रुख सङ्कलन गरी काठ दाउराको उत्पादन बढाउने, काठ दाउराको आपूर्ति गर्ने र फर्निचरलगायत वनजन्य सामग्री उत्पादन गर्ने उद्योगलाई सरल रूपमा कच्चापदार्थ उपलब्ध गराई काठजन्य सामग्रीको आयात प्रतिस्थापन गर्नेगरी प्रदेश सरकारमार्फत् कार्यान्वयन गर्न सशर्त अनुदानको व्यवस्था गरिएको बताउनुभयो ।

वन उद्यम तथा वनजन्य सामग्री उत्पादन गर्ने उद्योगलाई कृषि विकास बंैकमार्फत सहुलियतपूर्ण ऋण प्रदान गरिँदै आएको जानकारी दिँदै मन्त्री शाहीले वन डढेँलोलगायत वन अतिक्रमण, रुख कटानी र वन पैदावारको चोरी निकासी नियन्त्रणजस्ता वन संरक्षणका कार्यक्रम प्रदेश सरकारबाट कार्यान्वयनमा ल्याइने बताउनुभयो । उहाँका अनुसार जङ्गली रातो बाँदर र जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको छ ।

मानव वन्यजन्तु द्वन्द्वको नियन्त्रण र न्यूनीकरण वन तथा वातावरण मन्त्रालयको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा सम्बन्धित अन्य मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह तथा समुदायकोसमेत उत्तिकै सहभागिता, सहकार्य र सहयोग आवश्यक रहेको मन्त्री शाहीले जानकारी दिनुभयो ।

उहाँले जलवायु परिवर्तन र वातावरण संरक्षणसम्बन्धमा जलवायु परिवर्तनको असर र प्रभाव न्यूनीकरणका लागि विभिन्न विकास साझेदार निकायसँगको सहकार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनमा सघाउ पुग्ने खालका कार्यक्रमका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुनेगरी बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

जलवायु परिवर्तन अनुकूलनका लागि अन्तरराष्ट्रिय जलवायु वित्त र प्रविधिमा नेपालको पहुँच बढाउँदै लगिने बताउँदै मन्त्री शाहीले जलवायु परिवर्तन एउटा बहुआयामिक र अन्तरसम्बन्धित विषय भएकाले नेपालले तय गरेका तेस्रो राष्ट्रिय निर्धारित योगदानले तय गरेको लक्ष्य प्राप्तिमा सबै विषयगत मन्त्रालय, प्रदेश सरकार तथा स्थानीय तहकोसमेत रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो । रासस