२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र ७९औं जन्मदिन राप्रपाले बिशेष रुपमा मनाउने



अ+ अ-

काठमाडौंं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनलाई विशेष रुपमा मनाउने भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टी अन्तर्गतका विभिन्न केन्द्रीय विभागका प्रमुखहरुलाई पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन असार २३ गते निर्मल निबासमा उपस्थित हुन निर्देशन दिनुभएको छ ।

पूर्वराजा शाहले ७९ औं जन्मदिन निर्मल निवासमा विशेष समारोह आयोजना गरेर मनाउने भएका छन् ।असार २३ गते हुने समारोहमा शाहले शुभकामना तथा अभिवादन ग्रहण गर्ने तय भएको छ ।

शाहलाई शुभकामना दिन चाहनेहरुका लागि असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको उनका सम्वाद सचिव फणिराज पाठकले जानकारी दिनुभएको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भन्नुभयो “राजा र राजसंस्थाको पक्षमा जनमत सिर्जना गर्नु राजसंस्था पक्षधरहरुको धर्म हो, सोही अनुरुप राप्रपाले यसपटक राजाको जन्मदिनलाई विशेष ढंगबाट मनाउन लागेको हो ।”