काठमाडौंं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनलाई विशेष रुपमा मनाउने भएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टी अन्तर्गतका विभिन्न केन्द्रीय विभागका प्रमुखहरुलाई पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन असार २३ गते निर्मल निबासमा उपस्थित हुन निर्देशन दिनुभएको छ ।
पूर्वराजा शाहले ७९ औं जन्मदिन निर्मल निवासमा विशेष समारोह आयोजना गरेर मनाउने भएका छन् ।असार २३ गते हुने समारोहमा शाहले शुभकामना तथा अभिवादन ग्रहण गर्ने तय भएको छ ।
शाहलाई शुभकामना दिन चाहनेहरुका लागि असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको उनका सम्वाद सचिव फणिराज पाठकले जानकारी दिनुभएको छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भन्नुभयो “राजा र राजसंस्थाको पक्षमा जनमत सिर्जना गर्नु राजसंस्था पक्षधरहरुको धर्म हो, सोही अनुरुप राप्रपाले यसपटक राजाको जन्मदिनलाई विशेष ढंगबाट मनाउन लागेको हो ।”










