१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

नेपाल भाषा समाचार सेवाबारे समीक्षा

नेपाल भाषा समाचार सेवाबारे समीक्षा
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस)बाट प्रवाहित नेपाल भाषा समाचार सेवाबारे आवधिक समीक्षा गरिएको छ ।

राससले २०८१ कात्तिक ४ गतेदेखि मैथिली र नेपाल भाषामा समाचार बुलेटिनको प्रकाशन प्रारम्भ गरेको हो । यस अतिरिक्त राससबाट अवधी भाषाको पनि समाचार बुलेटिन प्रकाशन हुँदै आएको छ ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०८० पुस २३ गते रासस केन्द्रीय कार्यालय, भद्रकाली प्लाजामा एक समारोहबीच मातृभाषा समाचार सेवाको उद्घाटन गर्नुभएको थियो ।

उक्त बैठकमा नेपाल भाषाबाट पत्रकारिता गर्दै आउनुभएका विभिन्न सञ्चारमाध्यम तथा प्रकाशन गृहबाट प्रतिनिधित्व गर्ने भाषा अभियन्ता तथा सञ्चारकर्मीको उपस्थिति थियो । उहाँहरुले राससबाट मातृभाषामा समाचार बुलेटिन प्रकाशन हुनु सराहनीय काम भएको उल्लेख गर्दै स्थानीय समुदायसँग जोडिएका गतिविधिको समाचारको सङ्ख्या अपेक्षाकृत रुपमा न्यून भएकोतर्फ रासस व्यवस्थापनको ध्यानाकृष्ट गराउनुभएको थियो ।

मातृभाषाको समाचार बुलेटिनमा पनि राज्य पक्षकै समाचार एकतर्फी रुपमा प्रवाहित भएको अनुभूति आफूहरुले गरेको उहाँहरुको भनाइ थियो । मातृभाषा समाचार सेवाको थालनीपछि अबको चरणमा यस सेवालाई थप सुधार गरी प्रभावकारी र व्यापक बनाउँदै लग्नुपर्ने आवश्यकतामाथि जोड दिँदै उहाँहरुले बढीभन्दा बढी स्थानीय गतिविधिलाई रासस समाचार बुलेटिनमा स्थान दिलाउन समाचार सङ्कलन र सम्प्रेषणमा हातेमालो गर्नुपर्ने दायित्वबोध नेवाः समुदाय स्वयंले पनि गरेको र सोही अनुरुप सहकार्य गरी अघि बढ्न सकिने धारणा राख्नुभएको थियो ।

भाषिक शुद्धतामा ध्यान दिन, स्थलगत रुपमै समाचारदाताको परिचालन प्रबन्ध गर्न र नेवाः समुदायको बढी मात्रामा गतिविधि हुने काठमाडौँ उपत्यकाका लागि छुट्टै समाचारदाताको व्यवस्था गर्न उहाँहरुले सुझाव दिनुभएको छ ।

उक्त बैठकमा रमेशकाजी स्थापित (गोरखापत्र दैनिक), नरेशवीर शाक्य (इलोहं प्रकाशन), सुरेश किरण मानन्धर (भाषा आयोग सदस्य), नृपेन्द्रलाल श्रेष्ठ (लहना न्युज डटकम), सुरेशप्रसाद सायेजू (रेडियो जनसञ्चार), सुजीब बज्राचार्य (नेवाः अनलाइन न्युज), सुगतरत्न सिन्दुराकार (सम्यक वाःपौ), रत्नकाजी महर्जन (मेरो साप्ताहिक), सुरेन्द्रभक्त श्रेष्ठ (लहना साप्ताहिक), रामकृष्ण खड्गी (नेपाः टिभी) र दानदास श्रेष्ठ (स्वतन्त्र सञ्चारग्राम) सहभागी हुनुहुन्थ्यो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपाल भाषा पत्रकारितामा आबद्ध सञ्चारकर्मीबाट आएका सुझावलाई यथाशक्य ग्रहण गर्दै यस सेवालाई आगामी दिन थप परिमार्जन गर्न सहकार्य गर्दै जाने बताउनुभयो । उहाँले राससको मातृभाषा समाचार डेस्कको स्थायित्वका लागि एक कोष स्थापना गर्नुपर्छ भन्ने अवधारणा रासस व्यवस्थापनले बनाएको जानकारी दिँदै यस अभियानका लागि पैरवी गरिदिन पनि आग्रह गर्नुभयो । रासस