१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद



अ+ अ-

काठमाडौँ। नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले दोषी ठहर गर्दै ८ वर्ष ३ महिनाको कैद सजाय सुनाएको छ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दफा ३(१) बमोजिम ८ वर्ष र दफा ३०(१) अनुसार थप ३ महिनाको कैद फैसला गरेको हो। अदालतले बस्नेतको २६ करोड २५ लाख रुपैयाँ बराबरको सम्पत्ति पनि जफत गर्ने आदेश दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस १४ गते बस्नेतविरुद्ध मुद्दा दायर गरेको थियो। आरोप अनुसार, बस्नेतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस बुझेका थिए।

अदालतले बस्नेतलाई १ करोड ५ लाख रुपैयाँ र कँडेललाई ९ लाख २२ हजार रुपैयाँ पीडित राहत संकलन कोषमा बुझाउनुपर्ने आदेश पनि दिएको छ।

यस प्रकरणमा राजुप्रसाद कँडेल पनि दोषी ठहरिएका छन्, भने बस्नेतकी श्रीमती उर्मिला बस्नेतलाई अदालतले सफाइ दिएको छ।