१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्छ : मन्त्री अधिकारी

उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्छ : मन्त्री अधिकारी
अ अ+ अ-

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धान उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

कृषि विभागले आज आयोजना गरेको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मन्त्री अधिकारीले मुलुकमा दिगो र समृद्ध अर्थतन्त्र निर्माण गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभयो । कृषिमा आधुनिकीकरण आवश्यक रहेको उल्लेख गर्दै उहाँले कृषि पेसालाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले कृषक कल्याणका विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले खाद्य सुरक्षामा किसानलाई जागरूक बनाउन उनीहरूको जीवनस्तर सुधार गर्नुपर्ने त्यसका लागि कृषि क्षेत्रमा सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले धान बालीको उत्पादनमा सुधार ल्याइ खाद्य सुरक्षामा योगदान पु¥याउनुपर्नेमा जोड दिँदै, जलवायु अनुकूल प्रजातिको प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।

कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रलगायत संस्थाको समन्वयमा भएको महोत्सवमा धानसम्बन्धी प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर, सन्देशलगायतका सामग्री प्रकाशित र प्रसारण गरिएका थिए ।

प्रत्येक वर्ष असार १५ गते विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने गरेको विभागले ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा तय गरेको छ ।  रासस