७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाल्यकालदेखिको रोपाइँ सम्झँदै प्रधानमन्त्री ओलीले दिए धान दिवसको शुभकामना



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दही चिउरा खाने दिन तथा राष्ट्रिय धान दिवसको शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालबाट धान दिवसको शुभकामना दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले अहिले स्पेन भ्रमणका क्रममा देश बाहिर हुनुहुन्छ । त्यहिँबाट उहाँले बाल्यकालदेखिका रोपाइँको सम्झनासमेत गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले दिएको दिएको शुभकामना सन्देशमा भनिएको छ–

आज असार १५, हाम्रो उत्पादन र पसिनाको पर्व, धान दिवस ।

माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना – यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो । आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ ।

तर अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ । त्यसका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको छ ।

कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउँ, असार १५, दहीचिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना ।