२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

उच्चस्तरीय छानविन आयोग नबनेसम्म संसदमा आन्दोलन जारी रहन्छः रास्वपा

उच्चस्तरीय छानविन आयोग नबनेसम्म संसदमा आन्दोलन जारी रहन्छः रास्वपा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध कायमै राख्ने बताएको छ । शनिवार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णयबारे जानकारी गराउँदै पार्टीका सांसद हरिप्रसाद ढकालले सदन अवरुद्ध कायमै रहने बताउनु भयो । उहाँले सरकारले बनाएको छानविन समिति झारो टार्ने र मुद्दा ओझेल पार्न बनाइएको समिति भएको आरोप लगाउनु भयो ।

आफूहरुको माग उच्चस्तरीय छानविन समिति भएको र उच्चस्तरीय छानविन समिति नबनेसम्म आन्दोलन गरिरहने चेतावनी दिनुभयो । मस्या सुल्झाउने गरी र उच्चस्तरीय आयोग नबनेसम्म आन्दोलन कायम रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सदन अवरुद्ध नै हुन्छ । हाम्रो आन्दोलन जारी छ । यो झारो टार्ने समिति बनेको छ, हामीले मानेका छैनौँ । हाम्रो माग उच्चस्तरीय छानविन समिति हो । हाम्रो माग पूरा नभएसम्म रास्वपाको भिजिट भिसामार्फत मानव तस्करी गरिएको छ । यो समस्या सुल्झाउने गरी र उच्चस्तरीय आयोग नबनेसम्म हामी आन्दोलन जारी राख्छौँ । प्रधानमन्त्री बोल्नुहुन्छ, हाम्रो आन्दोलन पनि सँगै हुन्छ । ३४ दिनसम्म यो देशको चौथो दल आम नागरिकको विषयमा आवाज उठाउँदा सरकार प्रमुखले यसलाई नजरअन्दाज गर्नुभएको छ । चासो दिइएको छैन ।’

सांसद ढकालले यति लामो समयसम्म रास्वपाको मागको बारेमा सम्बोधन नगरेकाले सदनमा आन्दोलन जारी रहने बताउनु भयो ।