२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

राप्रपा सांसद कार्कीको चेतावनीः गृहमन्त्रीज्यु धेरै फुर्ति नदेखाउनुस्

राप्रपा सांसद कार्कीको चेतावनीः गृहमन्त्रीज्यु धेरै फुर्ति नदेखाउनुस्
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ति नदेखाउन चेतावनी दिनुभएको छ ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले मानव तस्करीको नाममा किन नेपाली जनतालाई लुटेको भन्दै प्रश्न गर्नुभयो । उहाँले गृहमन्त्रीलाई आफूले सोझो ठानेको भएपनि चम्मु बाठो पाएको जिकिर गर्नुभयो ।

उहाँले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न आफू पनि बच्ने र कमाइ पनि बचाउने गरी छानविन समिति गठन गर्नुभएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘गृहमन्त्रीज्युलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनतालाई किन लुटिँदैछ, यसको जवाफ छ, गृहमन्त्रीज्यु ? विपीले भन्नुभएको थियो, जो कार्यकर्ता नेताको ज्यादती सहेर बस्छन्, कि त ति चरम अवसरवादी हुन्, कि त दास हुन् । तपाईंहरु कुन वर्गमा पर्नुहुन्छ । गृहमन्त्रीज्युलाई मैले त सोझो ठानेको थिएँ, तर उहाँ त चम्मु बाठो हुनुहुँदो रहेछ । उहाँले त यस्तो समिति बनाउनु भयो की उहाँलाई फुत्किन र कमाई बचाउन धेरै सजिलो भयो । धेरै फुर्ति नदेखाउनुस् गृहमन्त्रीज्यु, एक दिन यस्तो समय आउँछ, पल्लो छेउबाट ओल्लो छेउ आउनु हुन्छ । तपाईंले दैनिक भिजिट भिसाका नाममा ५० लाख देखि एक करोडसम्म असुली गर्नुभएको छ । नेपाली जनतालाई बेच्नुभएको छ ।’

उहाँले गृहमन्त्रीले तत्काल राजीनामा माग गर्नुभयो ।