८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच



अ+ अ-

भोजपुर । यहाँको नगरपालिका–४ दावामा ‘दावा बजार खानेपानी’ आयोजना सञ्चालन भएपछि स्थानीयलाई सहजता भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले यहाँ ५० घरमा ‘एक घर एक धारा’ निर्माण गरेपछि स्थानीयलाई सहजता भएको हो ।

दावा बजार क्षेत्रमा रहेको पानीको हाहाकारलाई ध्यानमा राख्दै आयोजना निर्माण सम्पन्न भएपछि यहाँको पानीको समस्या हल भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल प्रधानले जानकारी दिनुभयो । आयोजना सम्पन्न पश्चात यहाँका ५० घरमा धारा जडान गरेर पानी वितरण भइरहेको उहाँको भनाइ छ ।

“दावा खानेपानी आयोजना सञ्चालनमा आएको छ”अध्यक्ष प्रधानले भन्नुभयो, “यो आयोजनाबाट ५० घरमा पानी जडान गर्न सफल भएका छौँ । अहिले यो क्षेत्रमा पानीको समस्या छैन ।”

दावा बजार खानेपानी आयोजना सम्पन्न भएसँगै यहाँका स्थानीयको वषौँदेखीको पानीको समस्या अन्त्य भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरले बताउनुभयो । यहाँ कार्यालयको करिव रु ६० लाख लागतमा आयोजना निर्माण गरिएको प्रमुख ठाकुरको भनाइ छ । यो आयोजनाको मुख्य लाइन चार किलो मिटर र वितरण लाईन चार दशमलव ५ किलोमिटर रहेको कार्यालयले जनाएको छ ।

“दावा खानेपानी आयोजना सञ्चालनमा आइसकेको छ” प्रमुख ठाकुरले भन्नुभयो, “आयोजना सञ्चालन पश्चात यहाँका नागरिकको वषौँदेखिको पानीको समस्या हटेको छ । हामीले यो आयोजनाको थलगत अनुगमन पनि गरेका छौँ ।” पानीको समस्या समाधानको लागि जिल्लाका विभिन्न ठाउँमा खानेपानी आयोजना निर्माणको काम धमाधम भइरहेको प्रमुख ठाकुरको भनाइ छ ।

दावा बजार खानेपानी आयोजना सञ्चालनमा आएपछि घण्टौँ लगाएर पानीको जोह गर्नु पर्ने समस्यमाबाट मुक्त भएको स्थानीयबासी लक्ष्मी भण्डारीले बताउनुभयो । आधा रातदेखि लाइनमा बसेर टाढाको धारा, कुवाबाट पानी ल्याउनु पर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ ।

“दावा क्षेत्रमा पानीको धेरै नै समस्या थियो” उहाँले भन्नुभयो, “पानीको जोह गर्न हामीलाई धेरै समय लाग्थ्यो । अहिले घर घरमा धारा जडान भएपछि हाम्रो पुस्तौदेखीको समस्या हटेको छ ।” घरमा धारा जडान भएपछि सरसफाईसँगै घरको दैनिक कामकाजमा सहजता भएको उहाँको भनाइ छ । रासस