१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

मुस्ताङका चार पालिकामा घुम्ती गोठ निर्माण

मुस्ताङका चार पालिकामा घुम्ती गोठ निर्माण
अ अ+ अ-

मुस्ताङ। जिल्लाको थासाङ गाउँपालिकासहित चार स्थानीय तहका याकचौँरी तथा च्याङ्ग्रापालक किसानलाई घुम्ती गोठ निर्माण गरिएको छ ।

उच्च लेकमा याकचौँरी तथा च्याङ्ग्रा रेखदेख गरी बस्ने गोठालाहरूको सुविधाका लागि मुस्ताङका चारवटा पालिकामा दुई दर्जन बढी अस्थायी घुम्ती गोठ निर्माण गरिएको हो ।

हिउँदयामका जाडो हुने भएकाले बेँसीमा झारिने यहाँका याकचाँैरी तथा च्याङ्ग्रा गर्मीयाममा उच्च लेकका घुम्ती चरन क्षेत्रमा लगेर पालन गरिन्छ । गाउँपालिकाले याकनाक तथा चौँरीपालक किसानलाई लक्षित गरी चालु आर्थिक वर्षमा ‘याकचौँरीपालक किसानका लागि आवश्यक पूर्वाधार निर्माण’ शीर्षकमा रु आठ लाख बजेट विनियोजन गरेको थियो ।

थासाङ गाउँपालिकाका लागि ‘याक प्रवर्द्धन कार्यक्रम’अन्तर्गत सङ्घीय सरकारको सशर्त अनुदान रु १० लाख विनियोजन भएको थियो । सङ्घीय र पालिकाको विनियोजित बजेटबाट ५० प्रतिशत अनुदान सहुलियत दिनेगरी घुम्ती गोठ निर्माण गरिएको गाउँपालिकाका कृषि शाखा अधिकृत राजन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार पालिकाअन्तर्गतका हिमालयन चाँैरीपालक तथा संरक्षण समितिमा आवद्ध २० परिवारका याकचौँरीपालक किसानका लागि २० वटा अस्थायी गोठाला बस्ने वातावरणमैत्री गोठ निर्माण गरिएको हो । पालिका र सङ्घीय सरकारको अनुदान रु १८ लाख र सम्बन्धित किसान समितिको लागत साझेदारी रु १८ लाख बजेट खर्चिएर थासाङको मार्चे लेक, मुलीखर्क र बतासे लेकमा अस्थायी गोठ निर्माण गरिएको उहाँले बताउनुभयो ।

ढुङ्गाको पर्खाल, काठको बार र जस्ताले छाएर अस्थायी किसान बस्ने गोठ सम्पन्न गरिएको गाउँपालिकाका पशु शाखा अधिकृत श्रेष्ठले उल्लेख गर्नुभयो । थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले सङ्घीय सरकार र पालिकाको अनुदान सहयोगमा मार्चे लेकमा १०, मुलीखर्कमा छ र बतासे लेकमा चारवटा घुम्ती गोठ निर्माण गरिएको जानकारी दिनुभयो ।

गोठ निर्माणले उच्च लेकमा याकचौँरी रेखदेख गर्ने गोठालालाई बस्न सहज भएको उहाँले उल्लेख गर्नुभयो । “गोठाला बस्ने संरचना निर्माण भएसँगै बस्ने र खाने सुविधा सहज भएको छ”, वडाध्यक्ष शेरचनले भन्नुभयो, “गोठभित्रै बसेर दूध, दही, घ्यू र छुर्पीलगायत परिकार बनाउन सजिलो भएको छ ।” उहाँका अनुसार थासाङमा २३ परिवारले याकचौँरीपालन गरे पनि २० घर हिमायन याकचौँरी तथा संरक्षण समितिमा दर्ता भएका छन् ।

यहाँस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लाका चारवटा पालिकामा दुईवटा शीर्षकमा घुम्ती गोठ निर्माण गरिएको जनाएको छ । केन्द्रका प्रमुख पशु चिकित्सक डा लालमणि अर्यालले ‘घुम्ती गोठ संरक्षण कार्यक्रम’ र ‘स्थानीय नश्लको पशु संरक्षण कार्यक्रम’अन्तर्गत रहेर थासाङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा याकचौँरी तथा च्याङ्ग्रा पालकका लागि घुम्ती गोठ निर्माण गरिएको जानकारी दिनुभयो ।

भेटेरिनरी कार्यालयले चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअनुसार थासाङमा रु १० लाख, लोघेकर दामोदरकुण्डमा रु १० लाख, वारागुङ र लोमान्थाङमा रु पाँच÷पाँच लाख बजेट विनियोजन गरी किसानलाई ९० प्रतिशत अनुदान सहुलियत दिएर गोठ निर्माण गरेको हो ।

हिमाली जिल्ला मुस्ताङमा बर्सेनि जेठदेखि असोजसम्म उच्च लेकमा याकचाँैरी तथा भेडाच्याङ्ग्रापालन गरिन्छ भने हिउँदयाम लागेपछि मङ्सिरदेखि वैशाखसम्म उच्च लेकका याकचौँरी तथा भेँडाच्याङ्ग्रा बस्ती नजिकै स्थान्तरण गरिन्छ ।  रासस