१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा पुगेर ७९औं जन्मदिनको शुभकामना दिन सकिने



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ७९ औं जन्मदिन निर्मल निवासमा विशेष समारोह आयोजना गरेर मनाउने भएका छन् ।

असार २३ गते हुने समारोहमा शाहले शुभकामना तथा अभिवादन ग्रहण गर्ने तय भएको छ ।

शाहलाई शुभकामना दिन चाहनेहरुका लागि असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको उनका सम्वाद सचिव फणिराज पाठकले बताएका छन् ।

पाठकले जन्मोत्सवको यो समारोह ‘जनचाहना अनुसार’ आयोजना गरिएको जिकिर गरेका छन् ।