१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री डा राणा इटाली प्रस्थान



फाईल फोटो
अ+ अ-

काठमाडौँ: परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) को ४४ औँ अधिवेशनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।

सो अधिवेशनको प्रमुख सत्र तथा ४४ औँ अधिवेशनका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उहाँले सम्बोधन गर्नुहुनेछ ।

उहाँले नेतृत्व गर्नुभएको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरु सहभागी हुनुहुन्छ ।

उक्त सम्मेलनपश्चात परराष्ट्रमन्त्री डा राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी हुनुहुने छ ।

तस्बिरः गोपाल दाहाल/रासस