१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आग्रह



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता नगराएकाहरूले दर्ता गराउन आग्रह गरेको छ ।

निर्वाचनको मिति तोकिसकेपछि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन । तसर्थ, उपनिर्वाचन हुने क्षेत्रमा नाम दर्ता गराउन आयोगले आग्रह गरेको हो ।

०७९ मा सम्पन्न भएको विभिन्न तहका निर्वाचन पश्चात् विभिन्न कारणले केही पदहरू रिक्त भएका क्षेत्रमा निकट भविष्यमा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने गरी छलफल गरिसकेको छ ।