८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दृष्टि न्युजका सम्पादक शम्भु श्रेष्ठ आज विषेश अदालत हाजिर हुँदै



अ+ अ-

काठमाडौं । दृष्टि न्युजका सम्पादक शम्भु श्रेष्ठ आज विशेष अदालतमा हाजिर हुँदैछन् । समाचारको विषयलाई लिएर अदालतले बयानका लागि बोलाएपछि उनी जान लागेका हुन्।

कानुन व्यवसायीसहित आज बिहान १० बजे अदालतमा पुग्ने श्रेष्ठको तयारी छ ।

नवराज सापकोटासहित दृष्टि न्यून अनलाइनलाई प्रतिवादी बनाएर विशेष अदालतमा दायर भएको मुद्दामा विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवरसहितको पूर्ण इजलासले श्रेष्ठसहितका पत्रकारलाई बयानका निम्ति हाजिर हुन आदेश दिएको थियो ।

दृष्टि न्यूज अनलाइनमा आइतबार ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेङिका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा प्रकाशित समाचारको विषयलाई लिएर रिट दायर भएको थियो ।

विशेष अदालतको पूर्ण इजलासले अनलाइनका सम्पादक श्रेष्ठ, एमपी सुब्बा र उक्त समाचार लेख्ने संवाददातालाई ३ दिनभित्र स्वयं अदालतमा बयानका लागि उपस्थित हुन आदेश दिएको थियो ।