१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

दिक्तेल रुपाकोट मझुवागढीको बजेट सार्वजनिक

दिक्तेल रुपाकोट मझुवागढीको बजेट सार्वजनिक
अ अ+ अ-

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु एक अर्ब दुई करोड ९२ लाख ३४ हजार तीन सय ९१ बजेट सार्वजनिक गरेको छ ।

दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको १३औँ नगरसभा बैठकमा उपप्रमुख विशन राईले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाबाट आन्तरिक आय रु दुई करोड २० लाख, सङ्घीय सरकारअन्तर्गत राजस्व बाँडफाँडबाट रु १४ करोड ९३ लाख ९० हजार ६७८, सङ्घीय सरकारअन्तर्गत अनुदानबाट रु ६९ करोड २० लाख, प्रदेश सरकारबाट अनुदान शीर्षकमा रु आठ करोड ६८ लाख ४२ हजार र बाँकी अन्य स्रोतबाट खर्च व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो ।

उपप्रमुख राईका अनुसार नगरपालिकाले कृषि, पर्यटन, शिक्षा क्षेत्र सुधार, स्वास्थ्य क्षेत्रको गुणस्तर, स्थानीय गौरवका आयोजना, विपद् व्यवस्थापन, श्रमदानलाई प्रोत्साहन गर्ने, रोजगारी वृद्धि गर्ने, स्थानीय कृषि उत्पादन वृद्धि र बजारीकरण गरी स्वावलम्बी र आत्मनिर्भर गाउँ बनाउनेलागयत विषयलाई बजेटले प्रथामिकता दिएको छ ।

व्यावसायिक कफीखेती प्रवर्द्धन गर्न रु एक करोड, स्थानीय उत्पादनको बजारीकरण गर्न रु १९ लाख, मुढेमा चिस्यान केन्द्र निर्माणका लागि रु २० लाख, बाँदरबाट हुने क्षति न्यूनीकरण गर्दै वैकल्पिक बाली प्रवर्द्धन गर्न रु ३० लाख, प्राङ्गरिक खेती प्रवर्द्धन गर्न रु दश लाख, बङ्गुर र बाख्रा प्रवर्द्धनमा रु १८ लाख, कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत रु तीन करोड १२ लाख बजेट विनियोजन गरिएको छ ।

रोजगारी तथा लघु उद्यम, पर्यटन पूर्वाधार, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, खानेपानी, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, भाषा, संस्कार, संस्कृति प्रवर्द्धन तथा संरक्षण, पूर्वाधार, वन तथा वातावरण, विपद् व्यवस्थापन, सरसफाइ, सामाजिक सुरक्षा, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनका लागि पनि आवश्यक बजेट व्यवस्था गरिएको उपप्रमुख राईले बताउनुभयो ।

यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई र वडा नं ८ का वडाध्यक्ष लीलाकुमार चौहानले नगरसभा बैठक बहिष्कार गर्नुभएको छ । नेतृत्वले आफूखुसी आफ्नो क्षेत्रमा मात्र बजेट ल्याएको भन्दै वडाध्यक्षद्वयले जनताको मागबमोजिम बजेट नआएकाले नगरसभा बहिष्कार गरेको प्रतिक्रिया दिनुभएको छ ।

नगरसभामा नगरप्रमुख तीर्थराज भट्टराईले आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो । रासस