१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जिरो टु ८८४८’ डकुमेन्ट्रीको ट्रेलर सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपालको नयाँ पदमार्ग चिनाउने पहल गर्दै निर्माण गरिएको ‘जिरो टु ८८४८’ नामक डकुमेन्ट्रीको ट्रेलर सार्वजनिक गरिएको छ ।

नेपालको सबैभन्दा होचो ठाउँ झापाको कचनकवलदेखि सर्वोच्च शिखर सगरमाथासम्मको पदमार्ग प्रवद्र्धन गर्ने उद्देश्यले यो डकुमेन्ट्री निर्माण गरिएको हो ।

समुन्द्री सतहबाट ५८ मिटर उचाइमा रहेको कचनकवलदेखि ८८४८ मिटर उचाईको सगरमाथा चुचुरोसम्म ९० दिन लगाएर तयार पारिएको यो डकुमेन्ट्रीले नयाँ पदमार्गबारे संसारलाई जानकारी दिने बताइएको छ ।

अभियानका अगुवा प्रेम बानियाँले ‘जिरो टु ८८४८’ नाम तय गरिएको ५१० किलोमिटर लामो उक्त रुटले नयाँ पदमार्गबारे चिनाउने, विश्वब्यापी तापक्रम वृद्धिबारे सचेतना दिने र भौगोलिक पर्यटनको प्रवर्धन गर्ने बताए ।

नीराजन पाण्डे र बलराम पाण्डे निर्देशित यो डकुमेन्ट्री अगस्टमा अमेरिकी हलबाट रिलिज हुनेछ । हल रिलिजको एकसातापछि कुनै एक ओटीटी प्लाटफर्ममा रिलिज गर्ने तयारी छ । नेपालमा भने सन् २०२६ को जनवरीमा प्रदर्शन गरिने भएको छ ।

यो डकुमेन्ट्रीमा १८ पटक सगरमाथा चढेका टेन्डी शेर्पादेखि विश्व साइकलयात्री पुष्कर शाहसम्म जोडिएका छन् ।

यो डकुमेन्ट्रीमा चर्चित हलिउड फिल्ममेकर तथा पर्वतारोही कोनराड एन्कर पनि जोडिएका छन् । उनी फिल्ममा प्रशिक्षकको रोलमा छन् ।

बृतचित्रको सम्पादन, छायांकन तथा निर्देशन निरन्जन पाण्डे र बलराम बुढाथोकीले गरेका हुन् । उमंग शाही यसको सहायक छायाकार हुन् । श्री वाग्ले कार्यकारी निर्माता हुन् । प्रोडक्सन टिममा कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाह छन् ।