२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवश्यकता बढी र स्रोतसाधनको कमीका कारण बजेटमा सबैको चित्त बुझ्न सकेनः पूर्वअर्थमन्त्री महत



अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आवश्यकता बढी र स्रोतसाधनको कमीले गर्दा बजेटमा सबैको चित्त बुझ्न नसकेको बताउनुभएको छ ।

सोमवार सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आवश्यकताहरू बढी हुने र सोही अनुरूपको स्रोत र साधन नहुँदा बजेटमा सबैको चित्त नबुझ्ने जिकिर गर्नुभयो ।

उहाँले बजेट प्रस्तुत गर्दा स्रोत तथा साधनको प्राथमिकीकरणको आधारमा हुनुपर्ने बताउनु भयो । उहाँले सरकारले कुनै ठाउँ बढी र कुनै ठाउँ कम बजेट विनियोजन गर्नुको आधार दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका प्रवक्ता समेत रहनुभएका डा. महतले कुन–कुन कारणले बजेट राख्न सकिएन ? भन्ने प्रश्नको जवाफ अर्थमन्त्रीले दिनुपर्ने बताउनु भयो । उहाँले बजेटमाथिको छलफलपछि संशोधन गर्ने परम्परा अहिलेसम्म नरहेको जिकिर गर्नुभयो । उहाँले आउने दिनहरूमा बजेट निर्माणको प्रक्रियामा महत्वपूर्ण सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा आवश्यकताहरू अत्यन्त ज्यादा छन् । त्यही अनुरूपको स्रोत साधन छैन । त्यसो भएको कारणले सबैको चित्त त बुझ्दैन । तर, बजेट प्रस्तुत गर्दा ती स्रोत र साधनको प्राथमिकीकरण र जहाँ अति आवश्यक छ त्यहाँ गर्ने, कम आवश्यकता भएको ठाउँमा यस कारण हामीले राखेनौँ भन्ने आधार चाहिँ सरकारले दिनुपर्छ । यस कारण हामीले यो यो ठाउँमा राखेनौँ किनकि यो भन्दो महत्वपूर्ण राख्नुपर्ने ठाउँ त्यो थियो भनेर अर्थमन्त्रीले आधार दिनुपर्छ । अब बजेट सकिएपछि संशोधन आदी, इत्यादि भन्ने कुरा त्यो अहिलेसम्मको परम्परा छैन । यसबाट हामीले सिकेर आउने दिनमा बजेट निर्माणको प्रक्रियालाई नै महत्वपूर्ण सुधार गर्नुपर्छ ।”  

उहाँले बजेट निर्माणको क्रममा सरकारले सांसदहरूको कुरा नसुनेको भन्नु गलत भएको बताउनु भयो ।