५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानूनमन्त्री चौरसियाको स्पष्टिकरणः संविधान र कानूनबाहिर गएर न्यायाधीश नियुक्ति गरिएको छैन



अ+ अ-

काठमाडौँ । कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहलाई आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौति दिनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री चौरसियाले यस्तो चुनौती दिनुभएको हो । सांसद सिंहले मन्त्री चौरसियाले न्यायाधीशहरूलाई फोन गरेर न्याय प्रभावित पार्न खोजेको आफूसँग प्रमाण रहेको भन्दै कल विवरण सार्वजनिक गर्न माग गर्नुभएको थियो । मन्त्री चौरसियाले बाहिर आएजस्तो दलीय प्रभाव पर्नेगरी न्यायाधीश नियुक्ति नगरिएको उहाँको भनाइ छ । उहाँले आफूले नैतिकता र चरित्रमा आधारित राजनीतिक जीवन बिताएको दाबी गर्दै खहरे खोलाजस्तो अनुशासनहिन नभएको जिकिर गर्नुभयो ।

मन्त्री चौरसियाले भन्नुभयो, ‘संविधान र कानूनभन्दा बाहिर गएर न्यायाधीश नियुक्ति नभएको र माननीय सदस्यज्यूले भनेजस्तो पार्टीको सिण्डिकेट तथा दलीय प्रभाव गर्नेगरी न्यायाधीश नियुक्ति गरिएको छैन । माननीयज्यूले मेरो बारेमा पनि केही कुरा उठाउनु भएको छ । न्यायिक परामर्श कानून, न्याय तथा संसदीय मामिलामन्त्री र मन्त्रालयको कार्यक्षेत्रभित्र पर्छ कि पर्दैन ? म उहाँलाई प्रश्न सोध्न चाहान्छु । उहाँले मलाई आरोप पनि लगाउनु भएको छ । मेरो राजनीतिक जीवनमा नैतिकता र चरित्रको राजनीति गरेको व्यक्ति हुँ । म कहिल्लै पनि आफूलाई खहरे खोलाजस्तो अनुशासनहिन र उडिरहेको चंगाबाट चुँडिएपछि रुप र घरमा खसेजस्तो व्यक्तित्व मेरो होइन । मेरो विरुद्धमा उहाँसँग कुनै प्रमाण छ भने पेश गरे हुन्छ ।’

उहाँले न्यायाधीश नियुक्तिमा कुनै सिण्डिकेट वा दलीय प्रभाव नपरेको समेत स्पष्ट पार्नुभयो ।