९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

इजरायल र इरानमा रहेका नेपालीको सुरक्षा र स्वदेश फिर्तीमा ध्यान केन्द्रित गरेका छौँ : परराष्ट्रमन्त्री

इजरायल र इरानमा रहेका नेपालीको सुरक्षा र स्वदेश फिर्तीमा ध्यान केन्द्रित गरेका छौँ : परराष्ट्रमन्त्री
photo; rss
अ अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मन्त्रालयले हाल इजरायल र इरानमा रहेका नेपालीहरुको सुरक्षा र आवश्यकताका आधारमा स्वदेश फिर्तीका सम्बन्धमा ध्यान केन्द्रित गरिरहेको बताउनुभएको छ ।

विनियोजन विधेयक २०८२/८३ अन्तर्गत उठेका प्रश्नहरुको प्रतिनिधिसभाको सोमबारको बैठकमा जवाफ दिँदै मन्त्री डा राणाले सो जानकारी दिनुभएको हो ।

मन्त्री डा राणाले भन्नुभयो “हाल इजरायल इरानबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावहरुलाई अत्यन्त गम्भीरताका साथ लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर परराष्ट्र मन्त्रालयले काम गरिरहेको छ ।”

उहाँले ती दुई देशबीचमा युद्ध सुरु भएको दिनदेखि नै विकसित परिस्थितिलाई नजिकबाट हेरिरहेको, इरानमा रहेका सानो संख्याका नेपालीहरुलाई भारत सरकारसँग अनुरोध गरी इरान स्थित भारतीय दूताबासको सहयोगमा उद्धारको व्यवस्था मिलाइएको तथा इजरायलमा रहेका नेपालीहरुको वास्तविक सूचना अनलाइन पोर्टलमार्फत् सङ्कलन भइरहेको र घर फर्कन चाहनेहरुका लागि फर्काउने तयारी भइरहेको जानकारी दिनुभयो ।

मन्त्री डा राणाले भन्नुभयो “उहाँहरुले अनलाइन पोर्टलमा रजिस्ट्रेसन गरिरहनुभएको छ । यसबाट को कहाँ र कति संख्यामा हुनुहुन्छ भन्ने सूचना आउनेछ । अप्ठेरो अवस्थामा रहेका र घर फर्कन चाहने केहीले मात्र फर्कने इच्छा व्यक्त गरिरहनुभएको छ । उहाँहरुको उद्धारका लागि हामीले गृहकार्य सुरु गरेका छौँ ।”

मन्त्री डा राणाले इजरायलमा अपहरणमा परेका नेपाली विद्यार्थी विपीन जोशीको अवस्था पत्ता लगाइ उनको रिहाइका सम्बन्धमा नेपाल सरकारले सक्दो कूटनीतिक पहल गरेको र अहिलेसम्म उनको अवस्था पत्ता लाग्न नसकेको जानकारी गराउनुभयो ।

मन्त्री डा राणाले उक्त विनियोजन विधेयकमा परराष्ट्र मन्त्रालका विषयमा उठेका नेपालको भूभाग तथा सीमा, आर्थिक कूटनीतिको प्रवद्र्धन र यसको महत्व, गैरआवासीय नेपालीहरु, मन्त्रालय र अन्तर्गत क्षमता अभिबृद्धि, व्यवस्थापन र मूल्यांकन, राजदूत एवं नियोग प्रमुखको नियुक्ति, कन्सुलर सेवाको अवस्था, परराष्ट्र नीति, परराष्ट्र सम्बन्ध एवं राष्ट्रिय सुरक्षा लगायतका विषयमा संसदमा उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।