१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

कोशी प्रदेशसभामा छलफल

कोशी प्रदेशसभामा छलफल
अ अ+ अ-

मोरङ। कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८२÷८३ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न  बनेको विधेयक, २०८२’ माथि भएको छलफलमा प्रदेशसभा सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभयो ।

छलफलमा प्रदेशसभा सदस्यहरु राजन किराती, गणेशप्रसाद उप्रेती, सपना दर्जी, लिलाबल्लभ अधिकारी  र तारादेवी ढकालले अधुरा, क्रमागत र लथालिङ्ग योजनाका लागि बजेट विनियोजन नभएको, टुक्रे योजनामा प्रदेश सरकार अलमलिएको, बजेटमा तराई, हिमाल र पहाडको विकास सन्तुलन कायम नभएकोलगायतका गुनासो व्यक्त गर्नुभयो ।

यसअघि शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरुले प्रदेशका विभिन्न स्थानमा प्रहरी भवन जीर्ण रहेका, उदयपुरका नदी तथा खोल्सामा तटबन्ध निर्माण गर्नुपर्ने, सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा हात्ती आतङ्कबाट जनताको जीउधन सुरक्षा गर्नुपर्नेलगायत मुद्दा उठाउनुभयो ।

शून्य समयमा प्रदेशसभा सदस्यहरु गोम्बु शेर्पा, गीतादेवी रेग्मी र ममता तामाङ मगरले आफ्नो धारणा राख्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक सोमबार बस्ने सभामुख अम्बरबहादुर बिष्टले सदनलाई जानकारी दिनुभयो । रासस