२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी यू–१६ः नेपालको विजयी सुरुवात



अ+ अ-

काठमाडौँ । सिंगापुरमा जारी एसीसी यू–१६ इस्ट जोन कपअन्तरगत नेपालले विजयी सुरुवात गरेको छ ।

आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोलि सिंगापुरलाई हराएको हो । सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले १६.३ ओभरमा भेट्टायो ।

नेपालका लागि ओपनर प्रसिद्ध जैसीले अद्र्धशतक बनाए । उनले ९१ बलमा अर्धशतक पूरा गर्दै ५५ बलमा अविजित रहे ।

नेपालका अर्का ओपनर सुर्यान्सु कोइराला ब्याटिङका क्रममा घाइते भएर बाहिरिए । ९ रन बनाएर उनी मैदानबाट बाहिरिएपश्चात प्रसिद्धले तेस्रो नम्बरमा ब्याट्सम्यान रौनक श्रीवास्तवसँग बलियो साझेदारी गरे ।

श्रीवास्तवले ४४ बलमा ४० रन जोडेका थिए । यसअघि पहिले बलिङ गर्दै नेपालले सिंगापुरलाई १३५ रनमा समेटेको थियो । नेपालका कप्तान विपीन शर्माले ४ विकेट लिए ।

सिंगापुरका कप्तान रियान नाइकले अर्धशतक बनाए । चौथो नम्बरमा आएका उनले ५३ बलमा ५३ रन जोडे । ओपनर आहान भुथान्दमले ३२ बलमा ३८ रन जोडे ।

नेपालका लागि सचित भट्टले दुई तथा अभय यादव र शुभम खनालले एक–एक विकेट लिए ।