१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानबाट नेपालीको उद्धार पहल : नेपालले दियो भारतलाई धन्यवाद



अ+ अ-

काठमाडौं । इरानबाट नेपालीलाई उद्धार गर्ने घोषणा गरेलगत्तै नेपालले भारतलाई धन्यवाद दिएकोछ ।

दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्माले भारतले गरिरहेको कदमका लागि धन्यवाद दिएका हुन् ।

राजदूत शर्माले भनेका छन्– ‘भारतले आपतकालको समयमा सधैं अमूल्य सहयोग प्रदान गरेको छ, चाहे त्यो संकटको समयमा विदेशबाट नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने होस् वा नेपालमा भूकम्प जस्ता प्राकृतिक प्रकोपको समयमा सहयोग प्रदान गर्ने होस् ।’

इरानको राजधानी तेहरानमा भएका १७ जना नेपालीमध्ये ११ जनालाई भारतीय दूतावासले उद्धारका लागि आज तेहरानबाट उत्तरी सहर मशहद लैजाने भएको छ ।

तेहरान छाडेका ७ जना नेपाली शनिबार बेलुकासम्म पुन: तेहरान फर्किँदै छन् । तेहराइनबाट कोमसम्म पुग्न कम्तीमा बसबाट साँढे दुई घन्टा र त्यहाँबाट मशहद पुग्न झन्डै १२ घण्टा लाग्ने छ । भारतीय दूतावासका अधिकारीहरु मशहदमा बसेर भारत पठाउने कार्य भइरहेको छ ।

आइतबार नै तेहरानबाट उद्धार गर्ने भएपछि तेहरान छोडेर अर्को सहर गएका ७ जना नेपाली शनिबार पुन: तेहरान फर्किँदै छन् । उनीहरूले बुधबार तेहरान छाडेका थिए ।

इरानी जेलमा भएका ५ जना नेपालीलाई उद्धार गर्ने दिन भने तोकिएको छैन । दोहास्थित नेपाली दूतावासले ३ जनाको ट्राभल डकुमेन्ट पठाइसेको छ । दुई जनासँग राहदानी साथमै छ ।

परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकको उद्धार गर्न भारत सरकारलाई आग्रह गरेको थियो ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति भारत सरकारसँग अनुरोध गरेको जानकारी दिँदै भारत सरकार सकारात्मक रहेको बताएकी थिइन् ।