९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

वैकल्पिक राजनीतिक शक्ति बन्न आतुर तर बाटोभरी काँडा

वैकल्पिक राजनीतिक शक्ति बन्न आतुर तर बाटोभरी काँडा
अ अ+ अ-

काठमाडौं । वैकल्पिक राजनीति शक्तिको रुपमा उदय हुने उद्घोष र अठोटसहित राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको तीन वर्ष पूरा भएको छ । तेस्रो स्थापना दिवसका अवसरमा पार्टीको स्थापना, विस्तार र सुदृढीकरणमा निरन्तर लाग्ने सबैप्रति रास्वपाले बधाइ तथा शुभकामना व्यक्त गरेको छ ।

रास्वपाले ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवद्र्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउँदै छ । तर पार्टीका संस्थापक सभापति रवि लामिछाने कुनै पनि कार्यक्रममा देखिनुहुने छैन । किनकी उहाँ सहकारी ठगी मुद्दाको आरोपमा पुर्पक्षका लागि जेलमा हुनुहुन्छ । विभिन्न सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा उहाँविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लागेको छ ।

स्थापनाको पहिलो वर्षमै संघीय संसद्मा चौथो राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपाले जनताका एजेन्डालाई उठाउने गरेको छ । अहिले सभापति लामिछाने जेलभित्र रहे पनि संसद्मा रास्वपाका सांसदहरुको भूमिका निकै प्रभावकारी छ । उनीहरुले सरकारलाई खबरदारी मात्र गरेका छैनन्, आफ्नो जिम्मेवारीसमेत पूरा गरिरहेका छन् । संसद्मा भएका हरेक गतिविधिमा रास्वपाका सांसदहरुको खरो प्रस्तुतिले जनतालाई लोभ्याइरहेको छ ।

तीन वर्षअघि आम नागरिकको निराशा, आक्रोश र परिवर्तनको तीव्र आकांक्षालाई राजनीतिक आकार दिँदै रास्वपाको स्थापना भएको थियो । तेस्रो स्थापना दिवस मनाइरहँदा केही जटिल र चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको रास्वपाले अझै अघि बढ्ने बाटो खोजिरहेको छ । जनतालाई विश्वासमा लिएर उसले आगामी निर्वाचनमा जित हात पार्ने लक्ष्य राखेको छ ।

परिवर्तनका पक्षधर शक्तिलाई कमजोर बनाउन राज्य संयन्त्रको दुरुपयोग गरी सभापति रवि लामिछानेविरुद्ध अनेकौं मुद्दा लगाइएको आरोप रास्वपाको छ । कानुनी लडाइँलाई सशक्त बनाउँदै सुनियोजित षड्यन्त्रको जनस्तरबाट समेत प्रतिवाद गर्ने प्रयासमा रास्वपा छ ।

रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले दशकौंदेखि देशमा जरा गाडेको दलतन्त्रको सिण्डिकेटले सिर्जना गरेका विकृति–विसंगतिको भण्डाफोर अभियानमा रास्वपाले चलाइरहेको बताउनुभयो । विधिको शासन र जनमैत्री सेवकको नीतिको अक्षरश: कार्यान्वयनले मात्रै विद्यमानको निराशा र आक्रोश अन्त्य गर्नेछ भन्नेमा रास्वपा दृढ रहेको छ ।

रास्वपाले आफ्नो बाटोमा स्पष्ट रहेको दाबी गरिरहे पनि सभापछि लामिछानेलाई अनेकौं मुद्दा लागेका छन् । अहिले पुर्पक्षमै रहेर उहाँले काठमाडौँ, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्ला अदालतमा मुद्दा लडिरहनुभएको छ । अहिले सिङ्गो पार्टी नै सभापति रविको रिहाइको लागि लड्दा पार्टीको राजनीतिक र सांगठनिक काम प्रभावित भएको छ । यद्यपि रास्वपाका नेताहरूले रविमाथि सत्ता र शक्तिको आडमा षड्यन्त्रपूर्वक राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका छन् ।

स्थापनाको तीन वर्षमा नीतिगत सुधार र सुशासनको पक्षमा रास्वपाले राम्रो काम गरेको छ । आम जनताको मायाले पार्टी स्थापना भएको ६ महिनामै चौथो ठुलो पार्टी बन्न सफल भयो । यस पछाडि हामीले उठाएका मुद्दा, सरकारमा रहँदा सुशासनको पक्षमा उठाएका कारणले अहिले जुन खालको बहस र पैरवी भइराखेको छ । रास्वपाको भूमिका मुख्य रह्यो ।

तर नयाँ र वैकल्पिक शक्तिको नेतृत्व लिएर आएका रवि तीन वर्षमा एकपछि अर्को मुद्दामामिला र झमेलामा फस्दै गएपछि रास्वपाका बाटोमा काँडा रोपिएका छन् । ती काँडा छल्दै नेतृत्व कसरी अगाडि बढ्छ उसको भविष्य पनि त्यसैमा निर्भर हुने छ ।