९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

मितेरी सहकारी ठगी प्रकरणः भण्डारीविरुद्ध ७ दिन म्याद थप

मितेरी सहकारी ठगी प्रकरणः भण्डारीविरुद्ध ७ दिन म्याद थप
अ अ+ अ-

काठमाडौँ । मितेरी सहकारी ठगी प्रकरणका अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध सात दिनको म्याद थप भएको छ ।

कम्बोडियाबाट पक्राउ गरेर बुधबार राति काठमाडौं ल्याइएका भण्डारीविरुद्ध काठमाडौं जिल्ला अदालतले लिखतसम्बन्धी कसुर र ठगीको कसुरमा अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो ।

भण्डारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार अदालत उपस्थित गराएको थियो ।

सो क्रममा नागरिकता, राहदानी र सहकारी ठगीको अनुसन्धान गर्न उनीमाथि पहिलो पटकमा सात दिनको म्याद थप भएको हो ।

दुई फरक नम्बरका नागरिकता र राहदानी रहेको खुलेपछि यस विषयमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनको नाममा कास्की र बर्दियाबाट दुई फरक–फरक नागरिकता र राहदानी लिएको पाइएको छ ।

ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीको रकम अपचलन गरेर उनी लामो समयदेखि फरार हुँदै आएका थिए । उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस समेत जारी भएको थियो ।

यो सहकारीका १४४ जना बचतकर्ता र सञ्चालकहरूको समेत गरी करिब १४ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।